काठमाडौं । आगामी शनिबारदेखि दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ ।
मंगलबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको नेतृत्वमा बसेको सरोकारवालाको बैठकले असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने निर्णय गरेको हो ।
यसअघि भौतिक मन्त्रालयले आयोजना गरेको बैठकमा घटस्थापना अगाडि नै सडकका खाल्डाखुल्डी पुरेर सुरक्षित पार्ने, चाडपर्वपछि भाडा समायोजन गर्ने सहितका सहमति भई अग्रिम टिकट बुकिङ खुलाउने सहमति भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-