दूरबिन नेपाल
हलिउड अभिनेत्री डेमी मूरले आफुमाथी १५ वर्षको उमेरमा घरमै बलात्कार भएको दावी गरेकी छिन् । हाल ५६ वर्षीया अभिनेत्री मुरले आफ्नोे संस्मरण ‘इन्साइड आउट’ का बारेमा गूड मर्निङ अमेरिकासँग सीधा कुरा गर्ने क्रममा सो खुलासा गरेकी हुन । मूरका अनुसार, उनकी आमा संधै मादक पदार्थ खाइरहन्थीन । मुरलाई किशोरी उमेरमै आमाले बारहरूमा लग्ने गर्थिन् ताकि पुरुषहरूले उनलाई ध्यान दिउन् ।
उनले आफ्नी आमालाई ५०० डलर दिएको दाबी गर्ने पुरुषले बलात्कार गरेको खुलाइन । डायना सयरसँग कुरा गर्दै उनले आफू घरमा आउँदा आमाले चिन्ने एक पुरुष बसिरहेको थियो। उसले मूरलाई बलात्कार गरेपछि उनकी आमाले उनलाई बेचेको बताएको पनि खुलासा गरिन् । उनकी आमाको मृत्यु सन् १९८८ मा भएका थियो । मूरले भनेकी छिन “आमाले उसबाट सीधासीधा पैसा लिनुभएको हैन । तैपनि उहाँले त्यो व्यक्तिको पहुँच मसम्म दिनुभयो र ममाथि अत्याचार गर्ने अवसर दिनुभयो” । मूर सन् १९९० को दशकको सफल अभिनेत्री हुन् । उनले गोस्ट, इनडिसेन्ट प्रपोजल लगायतका सफल फिल्ममा अभिनय गरेकी थिइन् । उनले आफ्नो पुस्तक आफ्नी आमा अनि आफ्ना पूर्वपति वु्रस विलिससँगको सम्बन्धबाट जन्मेका तीन छोरीलाई समर्पण गरेकी छन् ।
एजेन्सी
प्रतिक्रिया लेख्नुहोस्:-