काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्सेमा उच्च गिरावट आएको छ । आज नेप्से ३२.८१ अंकले घटेको छ ।
आज ३९ कम्पनीको सेयर मूल्य बढ्दा २०१ कम्पनीको घटेको छ । यस दिन चार अर्ब ८४ करोड १४ लाख सात हजार ७२० रुपैयाँ बराबरको एक करोड ३६ लाख ९१ हजार ५९६ कित्ता सेयर खरिद बिक्री भएको छ ।
बजार घटे पनि विन नेपाल लघुवित्त, बोतलर्स नेपाल ९बालाजु० एसबीएल डिबेन्चर, एनआईसी एसिया डिबेन्चर, एनएमबि डिबेन्चर लगायतको सेयर मूल्य उच्च कमाउने कम्पनीमा परे ।
प्रतिक्रिया लेख्नुहोस्:-