अमेरिका, सेप्टेम्वर २७ । अमेरिकामा रहेका कागजपत्र बिहिन र बिभिन्न अपराधका संलग्न रहेका आप्रवासी माथिको धरपकड़लाई आइसिइले फेरि तिव्रता दिएको छ । शुक्रवार मात्र आइसिइले कोलोराडो र टेक्सासमा गरि ८७ जना आप्रवासी पक्राउ गरेको छ ।
टेक्सास राज्यमा ४५ जना आप्रावासिलाई पक्राउ परेका छन् । ती सबैलाई अध्यागमन कानुनको उल्लंघन र अपराधिक गतिविधिमा
संलग्न रहेको आरोप लगाइएको छ ।
पाँच दिनसम्म लगतार जारी पक्राउ अभियानमा रिआग्रान्टे भ्यालीवाट (२४), सान आन्टिनिओबाट (८), अस्टिनबाट (१०), वेको बाट पनि (३) जना पक्राउ परेका छन । पक्राउ पर्नेमा ४१ पुरुष र ४ महिला रहेको पनि आइसिइले उल्लेख गरेको छ ।
पक्राउ पर्नेहरु ग्वाटेमाला, साल्भाडोर, मेक्सिको र मलेसियाका नागरिक रहेका छन । आइसिइले पक्राउ परेका मध्य ८८ प्रतीशतभन्दा वढिलाई देश निकाला गर्दे आएको छ ।
आइसिइका अनुसार यस पटकको अभियानमा पक्राउ परेकाहरुमा कसैले मादक पदार्थ सेवन गरि सवारि चलाएको, बाल यौन दुराचार, अवैधानिकरुपमा हतियार वेचविखन, लागुऔषध कारोवारमा संलग्न रहेका पनि छन ।
पक्राउ पर्नेमा ४ जना अध्यागमन अदालतले देश निकालाको आदेश दिएका पनि रहेको जनाईएको छ । यस्तै २७ जना देश निकाला पछि पनि पुन गैरकानुनी रूपमा अमेरिका प्रवेस गरेका छन् । १४ जना देश निकालाको प्रक्रियामा रहेको जनाईएको छ ।
अमेरिकी अध्यागमन कानुन अनुसार एक पटक देश निकालामा परेको व्यक्ति पुन गैर कानुनी रूपमा अमेरिका प्रवेस गरे २० वर्ष कैदको सजाय हुने व्यवस्था छ ।
आईसिइले कोलोराडो क्षेत्रमा पाँच दिन चलाएको अभियानबाट ४२ जनालाई पक्राउ गरेको छ ।
आइसिइले सबैलाई अमेरिकी अध्यागमन कानुनको परिधिभित्र रहेरै पक्राउ गरेको उल्लेख गरेको छ । अपराधिक गतिविधिमा रहेर
देश निकाला गरिसकेका कतिपय पुन गैर कानुनी रूपमा अमेरिका प्रवेस गरेकाले पक्राउ गरेको जनाएको ।
आइसिइले एक महिना अगाडि अपराधिक गतिविधिमा संलग्न भएका केहीलाई पक्राउ गरेर स्थानिय प्रहरीलाई हिरासतमा राख्न जिम्मा दिए पनि प्रहरीले आइसिइको आग्रह विपरित रिहा गरिदिएपछि नर्थ क्यारोलिना प्रहरी र आइसिइ विच
विवाद उत्पत्र भएको थियो ।
आइसिइद्धारा जारि विज्ञप्तिमा स्थानिय प्रहरीलाई समेत सामाजिक सुरक्षा दखल पुर्याउने कसैलाई पनि सडकमा स्वतन्त्र छोड्न नमिल्ने आग्रह गर्दे राष्ट्रिय सुरक्षाको निम्ति मिलेर अघि वढ्नु पर्ने वताएको छ ।
आइसिइले आफनो छापा अभियानलाई जारि राख्ने वताएको छ । पछिल्लो समय आइसिइले विभित्र स्थानमा गोप्य योजनाका साथ छापा मार्दे आएका छन ।
प्रतिक्रिया लेख्नुहोस्:-