द गुरुङ (तमु) सोसाइटी इंन्क, यु.एस.ए. ले पहिलो पटक ३५ बर्ष माथिको उमेर समूहका युवालाई लक्षित गरेर गुरुङ युनाइटेड कप भलिबल टुर्नामेन्ट आयोजना गरेको छ । न्यूयोर्कको क्वीन्स्ब्रिज पार्कमा सेप्टेम्बर २४ तारिख भएको खेलमा गुरुङ युनाइटेड कपको उपाधी म्याग्दी समाज अमेरिकाले हात पारेको छ ।
पहिलो विजेताले १५ सय डलर नगद सहित गुरुङ युनाइटेड कप प्राप्त गरेको भने आयोजक संस्था द गुरुङ तमु सोसाइटीको टिम गुरुङ युनाइटेडले दोश्रो विजेताको स्थान हासिल गरेको छ, दोश्रो विजेता गुरुङ युनाइटेडले कप सहित १ हजार डलर नगद प्राप्त गरेको छ ।
टुर्नामेन्टमा आयोजक सहित ८ वटा टिम सहभागी भए । आयोजक सहित रिजउड नेपाल समाज, शेर्पा किदुग युएसए, म्याग्दी समाज अमेरिका, मगर संघ अमेरिका, किरात राई सोसायटी अफ अमेरिका, एनवाइसी क्लब तथा रेड पाण्डा गरी ८ समुहले प्रतिष्पर्धामा भाग लिएका थिए । ८ समूहबीच विभिन्न चरणमा भएको प्रतियोगिताको फाइनल खेल दोश्रो विजेता गुरुङ युनाइटेड र उपाधी विजेता म्याग्दी समाज अमेरिकाबीच प्रतिष्पर्धा भएको थियो । त्यस्तै, खेलमा सोम बुढाथोकी सर्वश्रेष्ठ खेलाडी, श्री गुरुङ सर्वश्रेष्ठ स्पाइकर, गोबिन्द रोका क्षेत्री सर्वश्रेष्ठ डिफेन्डर र हरि प्रसाद राणा सर्वश्रेण्ठ रेजर भएका छन् । समाजले गएको बर्ष पनि हर्क गुरुङ भलिबल कप आयोजना गरेको थियो ।
द गुरुङ तमु सोसाइटीका अध्यक्ष तोरण गुरुङले स्वास्थ्य नै जीवन हो र स्वस्थ जीवनका लागि खेल महत्वपूणर् भएकोले खेलको माध्यमबाट युवाहरुलाई स्वस्थ रहनुपर्छ तर त्यसको लागि नियमित रुपमा अभ्यास गर्नु आवश्यक छ भन्ने सन्देश दिनका लागि गुरुङ युनाइटेड कपको आयोजना गरेको बताए । त्यस्तै गुरुङ युनाइटेड कपका संयोजक तथा द गुरुङ तमु सोसाइटीका खेल व्यवस्थापक तथा अञ्जित गुरुङले यस्ता प्रतियोगिताका माध्यमबाट विभिन्न समुदायका युवाहरुबीच आपसी सद्भाव र भाइचारा कायम गर्न यस्ता प्रतियोगिता गरिएको जानकारी दिए । सोसाइटीका सचिव अलिशा गुरुङले कार्यक्रम सफल बनाउनका लागि सल्लाहकार, आजीवन सदस्यहरु, सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, समाजका सदस्यहरु लगायत विभिन्न व्यापारिक संस्थाले आर्थिक तथा भौतिक सहयोग गरेको जानकरी दिदैं सबैलाई धन्यवाद दिए ।
यसै गरी गुरुङ (तमु) सोसाइटी चेलीबेटी आमा समुहका दिदी बहिनीहरूले खेलाडीहरुका लागि खानाको व्यवस्थापन गरेको उल्लेख गर्दै चेलीबेटी आमा समुहलाई सहयोगका लागि धन्यवाद व्यक्त गरिन् । कार्यक्रममा कलाकारहरु रूथमान गुरुङ र एन्सार्ज गुरुङले नृत्य प्रस्तुत गरेका थिए । आयोजकले कार्यक्रम संयोजक, खेलाडी तथा सहभागी टिमका सम्पूणर् खेलाडीहरु लगायत सहभागी सबैलाई धन्यवाद व्यक्त गरे ।
प्रतिक्रिया लेख्नुहोस्:-