Saturday, May 2, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाली फिल्म उद्योगको महानायक को?

राजेश हमाल नै नेपाली को महानायक हुन

अशोज १२, २०७८ ५:५१ मा प्रकाशित
नेपाली फिल्म उद्योगको महानायक को?
Share on FacebookShare on Twitter

प्रिन्स युवराज कार्की 

 

अहिले फेरी नेपाली फिल्मी बजार एका एक महानायक र महानायिकाको पदविले तातिएको छ हुन त यो भन्दा अघि पनि साना तिना विवाद नआएका भने हैन तर यसपालि भने भुवन केसी आफैले बडो तामझामका साथ महानायक घोषणा गर्न शोभित बस्नेतलाई लगाए त्यति मात्र हैन । उनले शिव श्रेष्ठ लाई रियल महानायक तथा गौरी मल्ललाई रियल महानायिका भन्दै बर्षौ देखी दर्शकको माया र सदभाब पाएका असली महानायक राजेश हमाल र हाल सालै घोषणा गरिएकी अर्की महानायिका करिश्मा  मानन्धरको पदविलाई विवादमा ताने।

हुन त जति सुकै स्याल हुइया मच्चाए पनि नेपाली दर्शकले महानायक भनेर राजेश हमालको विकल्प अरू देख्दैनन् । जुन कुरा देश देखी विदेश सम्म यी दुई नायकहरू सँगै  प्रोग्राम मा जाँदा उनीहरूलाई आयोजकले गर्ने  व्यवहारमा हामीले देखी सकेका छौ । तसर्थ यस्तो वाहियात विवाद झिक्नु भुवन केसी लगायत अनमोल केसीको लागि पनि प्रत्युत्पादक हुन सक्छ भन्छन् फिल्मी पण्डितहरू । किन भने हाल सम्म जो जो मैदान मा राजेश हमालको खिलाफमा आए ती सबै पत्ता साफ भएको इतिहास छ।  भलै जसले जस्तो सुकै विवाद झिके पनि महानायक राजेश हमालले कहिले कसैलाई जबाफ फर्काएको पाउँदैन । तर उनको लागि सिंङो दर्शक एक ढिक्का भएर उनको पक्षमा बोली रहनु भनेको उनले कसरी दर्शकको मन जिती रहेका रहेछन् भनेर बुझ्न गाह्रो छैन । तसर्थ सबैले बुझ्नु पर्ने कुरा चाहिँ के हो भने राजेश हमाललाई त्यसै महानायक भनिएको हैन ।

तत्कालीन अवस्थामा देश माओवादी गृहयुद्धमा फस्दै गइरहेको बेला देश भरका सिनेमा हलहरू बन्द हुँदै गइरहेको अवस्था थियो भने सहर मा भएका हलहरूमा पनि हिन्दी चलचित्र आक्रामक रूपमा नेपालमा भित्रिँदै गर्दा पूर्ण रूपमा संयमता अपनाइ नेपाली फिल्म उद्योगलाई अघि बढाउनु पर्छ भन्दै सयौँ निर्देशक निर्मातासँग सहकार्य गर्दै, यो नयाँ निर्देशक, यो पुरानो निर्देशक, यो नयाँ नायिका, यो पुरानो नायिका, यो नयाँ निर्माता, यो पुरानो निर्माता नभनी सबैलाई मौका दिँदै एक छत्र राज गर्दा पनि कुनै घमन्ड नदेखाई कसैसँग रिस राग नराखी महानायक राजेश हमालले अनवरत रूपमा नेपाली चलचित्र खेलिरहे।

अन्य उनका समकालीनहरू लगायत उनी भन्दा पछि आएका कति पय कलाकारहरू नेपाली फिल्ममा भविष्य नदेखेर विदेश पलायन हुँदै गर्दा सिंङो सिने जगतलाई एक लौटी काँधमा बोकेर हिँडिरहे। यो वास्तविकतालाई यदि कसैले नजर अन्दाज गर्छ भने ३ करोड नेपालीलाई मान्य हुने छैन तसर्थ महानायक राजेश हमाल एउटा व्यक्ति हैन नेपाली फिल्मको लागि सिङो युनिभर्सिटी हो भन्दा फरक पर्दैन किन भने हाल सम्म सबै भन्दा बढी फिल्म मेकर हरू सँग काम गर्ने तथा बर्सौ सम्म क्यामरा अगाडि उभिएर रात दिन काम गर्ने अवसर पाएको कोही अभिनेता नेपाल मा छ भने राजेश हमाल नै हो। तसर्थ महानायक लाई सम्मान सिङो राष्ट्र अनि अन्त राष्ट्रिय स्तर ले गरी रहेको बेलामा के को रोरियो हो बुझ्न सकिएको छैन ?

किन महानायक मान्ने ?

१०० वटा भन्दा बढी राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कारले सम्मानित, दुई पटक तत्कालीन राजाहरूबाट गोर्खा दक्षिणा बाहु प्राप्त र दुई पटक नेपाल को राष्ट्रपतिहरूबाट विशेष पदक प्राप्त, सयौँ फिल्म मेकर तथा प्राविधिक हरू जन्माउन सफल, २५ औ वर्ष देखी एक नाशको दर्शकको माया र सदभाब, विदेशी ब्रान्डले पत्याएको एक मात्र अभिनेता ज कारण ***को बन्छ करोडपति***  जस्तो कार्यक्रम नेपालमा सफल रूपमा सञ्चालन भएको, अन्य थुप्रै अन्तर्राष्ट्रिय ब्रान्डले पत्याएको अभिनेता, अहिले सम्म कै सबै भन्दा बढी लगानी निर्माताहरुले राजेश हमाल को लागि लगाएका छन् जुन अरबौँमा छ । अन्य नायक नायिकाहरू लगानीको हिसाबले कोशौ टाढा छन्। त्यसै गरी ३०५ वटा फिल्म मध्य युग देखी युग सम्म, अधिकार, देउता, देउकी, भाउजू, भरिया, कसम, जिन्दगानी, हामी तीन भाइ, अल्लारे, अवतार, सिमाना, कर्णवीर, चट्याङ, भीष्म प्रतिज्ञा , प्रतिज्ञा , मैदान, पृथ्वी, चाहना, ज्वाला, गाउँले, अर्जुन, एक नम्बर को पाखे, पारीभाशा, अपराध, गोपी कृष्ण, साथी, ढुकढुकी, कर्म योद्धा, राम लक्षण, हिरो, मर्यादा, माटो बोल्छ, नायक, शङ्कर, जङबाज, चट्टान, चोर सिपाही, सडक, जे भो राम्रै भो, दुलही, संन्यास, सन्तानको माया, माइली, कृष्ण अर्जुन, जुन तारा, बसन्ती, पाले दाइ, मि. राम कृष्णे, परेली, चमत्कार, शिव शक्ति, कान्छा, प्रहार, परदेशी कान्छा, कानुन, कबज, दादा गिरी, गोरेटो, चाँदनी, अग्नि परिक्ष्या, रक्षक, मन मन्दिर, जेठो कान्छो, मुक्ति दाता, डर, जीवनदाता, फैसला, इज्जतदार, दोबाटो, कुरुक्षेत्र, खल नायक लगायत ११३ वटा फिल्मले सफल ५१ दिन मनाएको तथा ती मध्य २८ वटा फिल्म ले सफल १०० दिन मनाएको यो इतिहास हाल सम्म कुनै अभिनेता को छैन र हाल सम्म यो record तोड्न सक्ने क्षमता अन्य अभिनेता मा देखिएको पनि छैन। यसर्थ यस्तो एक शताब्दी मा एक चोटि जन्मिने यस्तो व्यक्ति लाई महानायक मात्र हैन त्यो भन्दा पनि ठुलो सम्मान दिए पनि कम हुन्छ तसर्थ विवाद हैन महानायक राजेश हमाललाई मन बाटै सम्मान गरौँ।

अन्त्यमा म कसैको नाम लिन चाहन्न तर पनि विगतलाई फर्केर हेर्छु र भन्न मन चाहन्छु; वर्षमा १/२ वटा फिल्म खेल्ने ले रोजगार सृजना गर्छ कि वर्ष मा १५/१६ वटा फिल्म खेल्ने ले? अर्को कुरा वर्ष मा १-२ वटा फिल्म खेलेर हिट फिल्म दिने सफल नायक कि ? वर्षमा १५-१६ वटा फिल्म खेलेर १२-१३ वटा हिट दिने सफल नायक ? Industry लाई चलायमान बनाउनु पर्छ भनेर रात दिन नभनी दिनको बिस घण्टा शुटिङ्मा बिताएर हजारौँ फिल्म कर्मी जन्माउने सफल कि ? २-३ वर्ष मा एउटा फिल्म खेलेर या बनाएर ५०-१०० जनालाई रोजगार दिने सफल ?

फेरी अर्को कुरा फ्लप हिरोले अरूको निर्माणमा ३०० बडी फिल्म खेल्ने अवसर पाउँछ कि ? हिट हिरो भन्नेहरूले फिल्म नपाएर फिल्म बनाउन थाल्छ।जसले हिरो हुनाकै लागि घर जग्गा लिलाम गर्छ त्यो सफल कि जसलाई फिल्ममा खेलाउन लाइन बस्नु पर्ने हिरो सफल। मेरो प्रश्न तिनीहरूलाई हो जसले आफ्नो विवेकलाई सही रूपमा परिचालन गर्न सकेनन्। जहिले दुई छाक मासु भातमा वास्तविकतालाई लेख्न र बोल्न डराए ? अहिले पनि ३ करोड नेपालीमा बच्चा देखी बुढा सम्म चिनिने निर्विकल्प नाम हो राजेश हमाल।
त्यसै गरी महानायक भनेको समाजको ऐना भएकोले उसको व्यक्तित्व ,सोचाइ अरूलाई गर्ने सम्मान, अवधारणा ,व्यवहार ,मनन,विश्लेषण ,सक्षमता ,दक्षता ,परिपक्वता ,निखरता ,मानवता र नैतिकता र विवादरहित सबै कुरा ले पारी पक्क एक मात्र नायक म नेपाली फिल्म मा राजेश हमाल भन्दा अरू कुनै नायक मा देख्दिन,सबै कुराहरूबाट माथि उक्लेको नायक नै महानायक हुन सक्ने भएकोले राजेश हमाल नै हामी ३ करोड नेपाली को महानायक हुन।

अर्को कुरा मान सम्मान र क्षमता को जोड घटाउ दर्शक ले गर्ने हुन न कि एउटा झुन्डले अज्ञानी बृद्धबालक।
तसर्थ बारम्बार यो विवाद झिक्नु भन्दा अब देखी सधैँ को लागि महानायक राजेश हमाल, एक्सन किङ शिव श्रेष्ठ, एक्टिङ किङ सरोज खनाल, सदाबहार नायक भुवन केसी, महानायिका करिश्मा मानन्धर, एक्टिङ क्विन गौरी मल्ललाई दिँदै यो विवाद टुङाउनु सम्पूर्ण कलाकार तथा सिङो फिल्मको हितमा छ जस्तो लाग्छ। सबले सबलाई सम्मान गर्नु नै समग्र Indus इज्जत बढाउनु हो। सबैको जय होस तर याद गरौँ फेरी पनि महानायक चाहिँ राजेश हमाल नै हुन है जय नेपाली फिल्म, जय महानायक राजेश हमाल ।

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result