दूरबिन नेपाल, न्युयोर्क
कोभिड १९ का कारण न्युयोर्कमा रगत अभाव भएको कारण नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका, फिप्नाले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । फिप्नाका अध्यक्ष लोक चेम्जोङले दिएको जानकारी अनुसार नोभेम्बर २९ तारिखका दिन रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । विहान ११ बजेदेखि ३ बजेसम्म हुने रक्तदान कार्यक्रम ७५–१५ उडसाइड एभिन्यु स्थित सत्य नारायण मन्दिरमा हुनेछ । रगतको अभाव पूर्ति गर्न आयोजना गरिएको रक्तदान कार्यक्रममा सहभागिताको लागि सबैलाई आव्हान गरिएको छ ।
रक्तदानको लागि तल उल्लखित लिंकमा गइ नाम दर्ता गराउन पनि अनुरोध गरिएको छ ।
https://donate.nybc.org/donor/schedules/drive_schedule/283955
फिप्नाको १५औं स्थापना दिवस डिसेम्बर १ को अवसरमा नोभेम्बर २९ तारिखका दिन रक्तदान कार्यक्रमको आयोजना गरेको जनाएको छ । यसअघि पनि न्युयोर्कमा रहेका विभिन्न नेपाली संघसंस्थाहरुको आयोजनामा रक्तदान कार्यक्रमको आयोजना हुंदै आएको छ । यसअघि एनआरएनए न्युयोर्क च्याप्टर, लङ आइल्याण्ड नेपाली समाज तथा नेपाली समुदाय आवद्ध लायन्स क्लवहरु लगायतको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भइसकेको छ । नेपाली समुदायबाट हुने गरेको रक्तदान लगायतका सामाजिक कार्यको न्युयोर्क राज्य तथा सीटीले पनि प्रशंसा गर्दै आएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-