हरिहर दाहाल
उसताकाको राजा जत्तिकै शक्तिशाली सभामुख महाशयलाई ‘जबरजस्ती करणी’को गम्भीर आरोपमा रोशनी शाहीलाई उक्साएर सामाजिक सञ्जालमा सन्सनी फैलाउने पत्रकारलाई किन कारबाही नगर्ने ?पत्रकारलाई तुरुन्त हिरासतमा लिएर छानबिन गरी बक्सियोस् सरकार !
निर्मला पन्तहरू मर्दा किन टाउको दुख्छ यी पत्रकारहरूलाई ? पुडासैनीहरू पासोमा झुन्डिएर मर्छन्, यिनै पत्रकारको नीद हराम हुन्छ।कहीँ नभएको जात्रा हाँडीगाँउमा !दुनियाँलाई नभएको चासो किन यिनै पत्रकारहरूलाई हुन्छ?
श्री १० सरकारले बोलाएको पत्रकार सम्मेलनमा जानु , सरकारको आदेश र निर्देशन सुन्नु , दिएको खानु , लुरुलुरु कार्यकक्षमा फर्किएर “स्तुती समाचार “ सम्प्रेषण गर्नु नि ! किन मनमा लागेको बिचार लेख्नु परेको ?किन आँखाले देखेको बोल्नु परेको ? तातो र छारो ! काम छैन बुहारी पाडाको पुच्छर उचाल् भनेरै दुनियाँलाई सुसूचित गर्ने ठेक्का लिएझैँ गर्छन् यिनीहरू त गाँठे!
किम जोङ उन को फेला परौला है पत्रकारहरू , होस गरेस् । सरहरूको राज छ क्या ।
दुई तिहाइ , तिन तिहाइ र चार तिहाइको लौरोले ठटाउनु पर्ने यी पत्रकारहरूलाई !
प्रतिक्रिया लेख्नुहोस्:-