काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र सभापति रवि लामिछाने निर्दोष रहेको जिकिर गरेका छन् ।
पूर्व प्रधानमन्त्री उनले आइतबार चितवनको भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सहकारी छानबिन प्रतिवेदनले नै लामिछानेलाई दोषी नदेखाएको बताएका छन् ।
लामिछाने जोडिएको गोर्खा मिडिया नेटवर्कसम्बन्धी केही विषयमा भने सरकारले अनुसन्धान गर्न सक्ने उनले बताए ।
प्रचण्डले आफूले भनेर लामिछानेलाई पक्राउ गर्ने वा नगर्ने नहुने जिकिर गरे । लामिछानेलाई ‘क्लिन चिट’ दिन अदालत नै तयार नभएको कुरा आफूले सुनेको उनले बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-