काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राहत वितरणलाई प्रभावकारी र न्यायोचित बनाउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
आइतबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा नेपाली कांग्रेसले राहत स्वरुप दिएको ५० लाख रुपैयाँ ग्रहण गर्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन्।
विपत्तिको बेलामा सामाजिक संघ, संस्थाहरूले पनि पीडितलागि गरेको सहयोग उत्साहपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उनीहरूको राहतको काममा सरकार अझै क्रियाशील भएर लागि पर्ने बताए।
विपद्को सामना सबैले मिलेर गर्नुपर्ने उल्लेख गर्दै त्यस काममा केन्द्रित भएर लागेकोमा सबै राजनीतिक दल, व्यक्ति, शक्ति लगायतका सबैप्रति आभार पनि उनले व्यक्त गरे।
‘
प्रतिक्रिया लेख्नुहोस्:-