काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २५ दल दर्ता भएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाले पनिर्वाचन प्रयोजनका लागि २५ दल दर्ता भएकाृ जानकारी दिए ।
निर्वाचन आयोगले दिएको समयसीमा भित्र २६ राजनीतिक दलले निवेदन दिएपनि २५ दलको मात्र दर्ता भएको हो । कानूनी रीत पूरा भएका २५ राजनीतिक दलहरुलाई राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम १७ को उपनियम ९४० बमोजिम आयोगको आइतबारको निर्णयअनुसार दर्ता गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए।
प्रतिक्रिया लेख्नुहोस्:-