काठमाडौं । नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्ममिति रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध उजुरी परेको छ।
यसअघि नेपाली कांग्रेसमै आवद्ध रहेका र हाल नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति रहेका कर्णबहादुर मल्लले देउवाको उम्मेदवारीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्।
देउवाको नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्ममिति फेलाले उम्मेदवारी रद्द हुनुपर्ने भन्दै उजुरी दिएको मल्लले बताए।
देउवाको नागरिकतामा वि।सं। २००३ ज्येष्ठ ३१ गते जन्म मिति रहेको भेटिएको छ। उता मतदाता नामावलीमा भने २००२ जेठ ३१ गते रहेको पाइएको छ।अहिले उनी बीपी कांग्रेसबाट देउवाविरुद्ध उठेका छन्। उनलाई देउवाविरुद्ध नेकपा एमालेले सघाएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-