बद्रि गौतम, न्युयोर्क
मिनेसोटाको राष्ट्रपति डोनल्ड ट्रम्पको र्यालीमा सुरक्षाको जिम्मा लियो ओथ किपर भन्ने गैर सरकारी, दक्षिणपन्थी समुहले । ओथ किपरको सोझो नेपाली अर्थ हुन जान्छ सपथकर्ता । ओथ किपर(सपथकर्ता) ले मिनेसोटाको मिनेपोलिसमा हुने रिपव्लीकनहरुको र्यालीमा राष्ट्रपतिका साथै रिपव्लिकनहरुको सुरक्षाको जिम्मा लिएको जानकारी दियो । भलै राजनीतिक सभा, जसमा राष्ट्रपति उपश्थित हुने भएपछि अमेरिकी सुरक्षा संयन्त्र शशक्त भएर प्रस्तुत हुन्छ नै । तर संसारकै शक्तिशाली मुलुकका शक्तिशाली राष्ट्रपतिको सुरक्षाको जिम्मा किन एक दक्षिणपन्थी समुहले लिएको दावी गर्यो त ?
ओथ किपर अर्थात अति दक्षिणपन्थको नमुना
ओथ किपर यस्तो समुह हो जसले रिपव्लिकनहरुको पक्ष पोषणमात्र गर्दैन उनीहरुको सुरक्षाको जिम्मा पनि लिने गर्दछ । संसारकै शक्तिशाली मुलुकको शक्तिशाली राष्ट्रपतिको सुरक्षा भन्दै किन गैर सरकारी हतियारधारी समुह लाग्यो होला त ? ओथ किपरलाई अमेरिकी गण्तन्त्रको संरक्षक समुह भनेर प्रशंसा पनि गरिएको छ । त्यस्तै कतिपयले यो समुहलाई स्वेत सर्वोच्चतावादी र अति दक्षिणपन्थी समुह भनी आलोचनापनि गरेका छन । यो समुहले आफ्नो वेव साइटमा पूर्व सैन्य, प्रहरीहरुका सदस्यहरुबाट बनेको समुह, जसको उद्धेश्य विदेशीका साथै स्वदेशी शत्रुहरुबाट अमेरिकी संबिधानको रक्षा गर्नु भनिएको छ । पछिल्लो समयमा यो समुहले राष्ट्रपति डोनल्ड ट्रम्प र उनको र्यालीमा सहभागी हुन आउने रिपव्लिकनहरुको रक्षाको लागि स्वयंसेवकको माग पनि गरेको छ । यो समुहले आफ्ना ३५ हजारभन्दा सदस्य रहेको दावीपनि गर्दछ । कतिपय स्थानमा स्वाचालित हतियार सहित ओथ किपरका सदस्यहरुले पहरा दिंदै हिंडेको भन्दै यसले जनजिवनलाई आतंकित पार्न खोजेको भन्दै आलोचना हुने गरेको छ ।
पूर्व राष्ट्रपति बराक ओबामालाई गैर अमेरिकी समेत भन्यो
हिलरी क्ल्न्टिनले जितेमा सिभिल वार हुनसक्ने चेतावनी समेत दिएको थियो
सन २००९ मा यो समुहको स्थापना भएको बताइन्छ । स्टेवार्ट रोडले यसको स्थटापना गरेका थिए । उनी अमेरिकी सेनाका पूर्व कर्मचारी थिए भने रिपव्लिकन कंग्रेस म्यानका विस्वासपात्र पनि थिए । कतिपय ओथ किपरका बोर्ड सदस्यहरुलाई आपराधिक क्रियाकलापमा लागेको आरोप पनि लाग्ने गरेको छ । अमेरिकी संघीयताको रक्षक तथा आफुलाई अति राष्ट्रवादी बताउने यो समुहले बेला बेलामा आफ्ना अतिवादी गतिविधि यति त्रिब्र बनाउंछ की अमेरिकी सरकारी आदेशको पनि अवज्ञा गर्दछ । सन २०१६ को राष्ट्रपति निर्वाचनमा हिलरी क्ल्न्टिनले जितेमा अमेरिकाभरी हंगामा हुने र अर्को सिभिल वार हुने चेतावनी समेत यो समुहले दिएको थियो । त्यतिमात्रै होइन निर्वाचन बुथको सुरक्षा गर्ने भन्दै आफ्ना सदस्यहरुलाईपनि खटाएको थियो ।
पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामालाई आप्रवासीमात्र भनेन, गैर कानुनीरुपमा अमेरिका बसेको आप्रवासी भन्दै आलोचना गरेको थियो । कतिपय स्थानमा हतियारको प्रदर्शन गरी अतिवाद र चरमपन्थलाई प्रोत्साहन दिएको आरोप लागेपनि यो समुहमाथी अमेरिकी सरकारले प्रतिबन्ध लगाएको छैन नै लगाउनेपनि देखिंदैन । अन्य जाती, धर्म तथा सम्प्रदायमाथी तिखो टिप्पणी गरी सहिष्णुता खलवल्याउन भुमिका खेलेको भन्दै तिब्र आलोचनापनि हुने गरेको छ । सन २०१४ मा फर्गुसनमा भएको एक सभामा हतियार सहित सडकमा उत्रेको यो समुहको गतिविधिको निकै आलोचनामात्र भएन प्रतिवन्ध नै लगाउनु पर्ने माग उठेको थियो । यहि बर्ष ओरिजनका गर्भनर केट ब्राउनलाई ग्रिन हाउस .एमिसन सम्बन्धी बील पास गराए सिभिल वार हुने चेतावनी दिएको थियो ।
रिपव्लिकन पार्टीका तर्फबाट डोनल्ड ट्रम्प राष्ट्रपति भएपछि यो समुह हौसिएको मात्र होइन, यसले आफ्ना गतिविधिहरुलाई तिव्रपनि पार्दै गएको छ । आपवासीप्रति अनुदार रााष्ट्रपति डोनल्ड ट्रम्पको स्वभावसंग मेल खाने उद्धेश्य बोकेको ओथ किपर समुहले आफुलाई चरम दक्षिणपन्थी समुह भएकोमा गर्व गर्दछ । अतिराष्ट्रवाद तथा प्रतिगमनको पक्षपाती यस्ता समुहको पभाव अमेरिकामा बढ्दै गएको छ । यसले अमन चैन खोज्दै संसारभरीबाट अमेरिका आएकाहरुमा निराशापनि बढ्दै गएको अनुमान लगाउन गाह्रो छैन ।
तस्विर-ओथ किपरको वेव साइट
प्रतिक्रिया लेख्नुहोस्:-