Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा लोकसेवा आयोगका पूर्वअध्यक्ष राईप्रति श्रद्धान्जलि व्यक्त

अशोज २६, २०७६ २:२५ मा प्रकाशित
अमेरिकामा लोकसेवा आयोगका पूर्वअध्यक्ष राईप्रति श्रद्धान्जलि व्यक्त
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क
अमेरिकाको न्युयोर्कमा लोकसेवा आयोगका पूर्वअध्यक्ष स्वर्गीय सन्त बहादुर राईप्रति श्रद्धान्जलि व्यक्त गरिएको छ । युनाईटेड किराँत राई अर्गनाइजेशन (युक्रा) अमेरिकाको आयोजनामा भएको श्रद्धान्जली कार्यक्रममा स्वर्गीय राईले मुलकको लागि पुर्याएको योगदानको स्मरण गरिएको थियो । सभामा युनाईटेड किराँत राई अर्गनाइजेशनकी सभापति मुना राईले अनावस्यक राजनीति गर्नुभन्दा समुदायको हितमा सोच्नुपर्ने शिक्षा स्वर्गीय राईबाट लिनुपर्ने बताइन । प्रमुख अतिथि राईले स्वर्गीय सन्त बहादुर राई निष्ठाको सतिशाल भएको बताउँदै शिक्षाले मात्र मानिस अगाडी बढ्न सक्ने बताए । राजदूत राईले दोश्रो पुस्तालाई सँगै राखेर सन्त बहादुर राईको योगदानको बारेमा चर्चा गर्नुपर्ने बताउँदै स्वर्गीय राईले समुदाय भन्दा माथि उठेर देशकै लागि योगदान गरेको स्मरण गरेकोमा प्रशंसा गरे ।

त्यस्तै पूर्वराजदूत डा.नोवेल किशोर राईले स्वर्गीय राई दुईपटक सचिव तथा दुईपटक लोकसेवा आयोगको अध्यक्ष समेत बन्ने आफ्नो समुदायबाटै पहिलो व्यक्ति रहेकोमा स्मरण गरेका थिए । त्यस्तै एनआरएनए अमेरिकाका क्षेत्रिय उपसंयोजक तथा विशेष अतिथि नविन शेरचनले स्वर्गीय राईको गुणगान जति नै गरेपनि कम हुने बताए । नेपाली समाज अमेरिकाका केन्द्रीय अध्यक्ष समिर मर्हजनले स्वर्गीय राई सम्पूर्ण जनजाति मात्र नभएर देशले नै गर्व गर्ने व्यक्तित्व रहेको बताउँदै स्वर्गीय राईका बारेको जीवनीका बारेमा अझै धेरै कुरा बुझ्न जरुरी रहेको बताएका थिए ।

कार्यक्रममा एनआरएनए अमेरिकाका पूर्व उपाध्यक्ष, तथा स्वर्गीय सन्त बहादुर राईका ज्वाँइ मिलन राई, तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका केन्द्रीय सभापति ल्याकान लामा, प्रवासी एकता समाजका प्रतिनिधि राधाकृष्ण देउजा, जनसम्पर्क समितिका सचिव भोजराज थोकर, तमु सोसाइटीका अध्यक्ष विजय गुरुङ लगायतले आफ्नो धारणा राखेका थिए ।

मारिया राईले सञ्चालन गरेको सो कार्यक्रमको संयोजन युक्रा न्युयोर्कका सभापति केशव राम राईले गरेका थिए । न्युयोर्कस्थित घ्याल सुम्दो सेवा संस्थाको कार्यालयमा भएको श्रद्धान्जलिसभा युक्राकी सभापति मुना राईको अध्यक्षता र पूर्वराजदूत नवल किशोर राईको विशेष आतिथ्यतामा भएको थियो । विक्रम सम्बत २०१७ सालदेखि निजामति सेवामा प्रवेश गरेका राईले पीडियो, पमुख जिल्ला अधिकारी, पनिर्देशक, अनुसन्धान अधिकारी, महानिर्देशक,सचिव हुंदै लोक सेवा आयोगको अध्यक्ष बनेका थिए । राईको ८३ वर्षको उमेरमा यहि भदौ २३ गते निधन भएको थियो ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result