जाङबु शेर्पा, दूरविन नेपाल
आइसीइले कागजपत्र विहिन आप्रावासीमाथीको धरपकड जारी राखेको छ । सेप्टेम्बर महिनाको अन्त्यतीर लस भेगस र साल्टलेक सिटिमा छापा मारी ३१ भन्दा वढिलाई पक्राउ गरेको छ । आइसिइले पक्राउ पर्ने सवैले अमेरिकी अध्यागमन कानुनको उल्लंघन गरेको दावी गरेको छ । पक्राउ पर्नेहरुमा मेक्सिको, रसिया, इरान, ग्वाटेमाला, एल साल्भाडोर र होण्डुरसका नागरिक रहेका छन । आइसिइले पक्राउ परेका मध्ये पाच जना देश निकाला पछि पनि पूनः अमेरिका प्रवेश गरेको तथ्य फेला पारेको आइसीइले जनाएको छ । बांकी २६ जनामाथी भने अवैध हतियारको प्रयोग, यौन हिंसा, तथा लागुऔषधको अवैध व्यापार देखि मादक पदार्थ सेवन गरि सवारि चलाएकोसम्म आरोप लगाइएको छ । अमेरिकी कानुन विपरित हिंड्नेलाई कुनै पनि हालतमा नछोड्ने इनर्फोमेण्ट अफ रिमुभल अपेरसन इरोका साल्टलेकस्थित फिल्ड निर्देशक रोवर्ट कुलिले बताएका छन । यस्तो अभियानले समूदायलाई नै सुरक्षित वनाउे हुंदा जारी राखिने उनले बताए । आइसिइको अभियानलाई देशका कतीपय स्थानमा स्थानीय नीति निर्माणले अवरोध पु¥याएपनि देशका हित र सुरक्षामा आच पु¥याउने कसैलाई पनि नछोडिने वताउदै आइसिइको पक्राउ अभियान अझै तिव्र पारिने बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-