काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसले निर्वाचन परिचालन समिति गठन गरेको छ । आइतबार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको विधान अनुसार ११० सदस्यीय “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन—२०७९, केन्द्रीय परिचालन समिति” गठन गरेका हुन् ।
कांग्रेस केन्द्रीय पार्टी कार्यालयका सचिव कृष्ण प्रसाद पौडेलका अनुसार देउवाले मंसिर ४ गते हुने निर्वाचनका लागि केन्द्रीय कार्यसमितिका सदस्य एवं पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन समिति गठन गरेका हुन् । समितिमा डा. रामशरण महत, प्रवक्ता डा. प्रकाशशरण महत लगायतका नेताहरु छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-