अमेरिका
अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोभिड १९ को संक्रमणको कारण निधन भएको उनको परिवारले जनाएको छ । पावेल ८४ वर्षका थिए । सन २००० मा राष्ट्रपति जर्ज डब्ल्यु बुसका पालामा उनी अमेरिकी विदेशमन्त्री बनेका थिए ।रिपब्लिकन दलसँग आबद्ध रहेका पावेल विदेशमन्त्री हुनुअघि पूर्व उच्च सैनिक प्रमुख अधिकारी पनि थिए।
उनी अफ्रिकी अमेरिकी समुदायबाट विदेशमन्त्री बन्ने पहिलो व्यक्ति हुन् । उनले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएको तर त्यसले काम गर्न नसकेको जानकारी पावेलको परिवारले वक्तव्यमा उल्लेख गरेको छ । बुस प्रशासनको पहिलो कार्यकालमा विदेश मन्त्री हुनुपूर्व पावेल राष्ट्रिय सुरक्षा सल्लाहकार समेत रहेका थिए। अन्तराष्ट्रिय समाभार माध्यमहरुका अनुसार राष्ट्रिय सुरक्षा सल्लाहकार, संयुक्त सैन्य प्रमुख र त्यसपछि विदेशमन्त्री बनेका कोलिन पावेल सबै तीनवटा पदमा पुग्ने पहिले अश्वेत अमेरिकन थिए । पावेललाई राष्टपतिको उम्मेदवारको रुपमा हेरिएको भएपनि उनले त्यतातिर खासै ध्यान नदिएको बताइन्छ । संयुक्त राज्य अमेरिकाका तर्फबाट पदमा रहेकै बेला नेपालको भ्रमण गर्ने उनी एक मात्र अमेरिकी विदेशमन्त्री थिए ।
नेपालमा माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा रहँदा २००२ को ज्यानुअरी १८ मा उनी नेपाल भ्रमणमा आएका थिए। उनले तत्कालीन राजा ज्ञानेन्द्र तथा प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्चपदस्थ अधिकारीहरूसँग भेट गरेका थिए । नेपालले अमेरिकाले चालेको आतंकवाद विरुद्दको लडाईमा समर्थन गरेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-