दूरबिन नेपाल, न्युयोर्क
गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले अक्टोवर १८ का दिन आइतवार २८ औं पटक खाद्यान्न वितरण गरेको छ । न्युयोर्क शहरको क्वीन्स बोरो स्थित विभिन्न संघ(सस्थाहरु मार्फत गरिएको निशुल्क खाद्यान्न वितरण कार्यक्रमका लागि फाउण्डेशनले रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा. ओट्टो स्टार्जमेन सँग सहकार्य गरेको अध्यक्ष सोमनाथ घिमिरेले जानकारी गराए । वितरणका क्रममा एक हजार एक सय ५२ बक्स निशुल्क दुग्धजन्य पदार्थ, फ्रोजन चिकेन, तरकारी र फलफुल रहेका थिए ।
फाउण्डेसन अमेरिकाले न्युयोर्कको क्वीन्सस्थित नेपाली संघसंस्थाहरु वालुङ किदुग युएसएलाइ ९६ बक्स, मगर संघ अमेरिकालाई १४४ बक्स, शेर्पा किदुग अमेरिकालाई ९६ बक्स, ह्योल्मो समाजलाई ४८ बक्स र घ्याल्सुम्दो सेवा संस्था र दोन्डुप लामालाई ४८बक्स दिइएको थियो ।त्यसैगरि ढोक्प्य किदुग, मनाङ समाज अमेरिका, गुरूङ(तमु) सोसाईटी, जिरेल एसोसियसन, मुगु समाज, तमु पेल्हो समाजलाई पाल्जु शेर्पांटेक बा. कार्की भोज राज थोक्कर, बिजय थुलुङ्गंतेम्वा शेर्पांआङ गेलु शेर्पा, एन आर एन न्युयोर्कका अध्यक्ष राम हरि अधिकारी लगायतलाई प्रतिसंस्था ४८ बक्सका दरले र राम खडका, अनिल मार्फत १० बक्स खाद्यान्न वितरण गरिएको अध्यक्ष घिमिरेले जानकारी गराए । सो कार्यक्रममा लाइन मार्फत २ सय ७८ बक्स वितरण गरिएको थियो ।
खाद्यान्न वितरण कार्यक्रममा फाउन्डेसनका उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्यहरु छिरीङ्ग राप्के लामा, राम चन्द्र अधिकारी र सुर्य सिमखडा खटिएका थिए भने स्वयंसेवीहरुमा अनन्त राज सुवेदी, पंकज सुब्बा, साङतेम्बा शेर्पा, फुर्पा शेर्पा, छेवाङ शेर्पा, आङ पासाङ शेर्पा, सेरगेल्पु शेर्पा, दावा शेर्पा, रिनजेन शेर्पा, सानु शेर्पा, निमा लामा, दावा शेर्पा, शेर्पा संघ अमेरिका का महासचिव फुर्वा शेर्पा, टंक खडका, मुना भन्डारी केसी, कमला पन्त, घ्याल्सुम्दो सेवा संस्था अमेरिकाका अध्यक्ष निमा ल्हामो, वरिष्ठ लोक गायिका संगीता थापा मगर लगायत खटिएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-