दूरबिन नेपाल, न्युयोर्क
आगामि बर्ष अमेरिकामा हुने जनगणनामा सहभागि हुन नेपाली समुदायदलाई आग्रह गरिएको छ । न्युयोर्कमा आयोजित कार्यक्रममा अमेरिकी सेन्सस अर्थात जनगणनामा सहभागिताको लागि नेपाली भाषी तिब्बती, भुटानी तथा अन्य दक्षिण एसीयालीहरुलाइपनि आव्हान गरिएको छ । शेर्पा किुदुग अमेरिकाले न्युयोर्कमा आयोजना गरेको सचेतना कार्यक्रममा अमेरिकी सेन्ससका प्रतिनिधिहरुको उपश्थितीपनि रहेको थियो । सोही कार्यक्रममा जनगणनामा जति धेरै सामेल हुन सक्यो त्यति नै अमेरिकी सरकारबाट पाउन सकिने सेवा सुविधामा बृद्धि हुने र कुनैपनि कानुनी झण्झटमा नपरिने बताइएको थियो । यसरी जनगणनाामा सहभागिता जनाउंदा हुने फाइदाको बारेमा सबैलाई जानकारी गराउन नेपाली संघसंस्थाका प्रतिनिधिहरुलाई आग्रह गरिएको थियो ।
छलफल तथा सचेतना कार्यक्रममा अधिकार की निर्देशक नर्वदा क्षेत्री, डा तारा निरौला लगायतका व्यक्तिहरुले जनगणनामा सहभागी हुनु भनेको नेपालीहरुको उपश्थिती अमेरिकी सरकारमा गराउनु भएकोले यसले नेपाली समुदायलाई दिर्घकालसम्म फाइदा दिने र यसकोलागि नेपाली संघसंस्थाहरुको भुमिका अत्यन्तै महत्वपुर्ण हुने बताएका थिए । कार्यक्रममा शेर्पा किदुग अमेरिकाका अध्यक्ष उर्गेन शेर्पाले जनगणनामा भुटानी, तीब्बती तथा नेपाली भाषा बोल्ने र बुझ्नेहरुले नेपाली मुलको भनेर समावेश हुन सकेमा अमेरिकी समुदायमा नेपालीको बाक्लो उपश्थिती देखिने र त्यसले सरकारी सेवा सुविधामा पनि बृद्धि हुन सक्ने बताए । त्यसको लागि पहल गर्न सम्बन्धित समुदायका संघसंस्थाका अगुवाहरुले सक्रियता बढाउनुपर्ने शेर्पाको जिकिर थियो ।
सचेतना तथा छलफल कार्यक्रममा सेन्ससमा सहभागि हुंदा ध्यान दिनुपर्ने कुराहरुका साथै फारम भर्दा भाषा र समुदायको हकमा समानता हुनुपर्नेमा जोड दिईएको थियो । सोही कार्यक्रममा आगामी बर्ष हुने जनगणनाको लागि रोजगारीको अवसरपनि खुलेको हुंदा इच्छु व्यक्तिहरुलाई आवेदनको लागि आव्हान गरिएको थियो । भने आवेदन दिन चहानेहरुलाई सेन्सर ब्युरोका कर्मचारीबाट परामर्श दिइएको थियो । फेरीपनि आवेदन दिन चाहनेहरुलाई शेर्पा किदुग अमेरिकाले परामर्श गर्न सक्ने किदुगका अध्यक्ष उर्गेन शेर्पाले प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा जनगणनामा सहभागितालाई प्रभावकारी गराउने उद्धेश्यले एउटा समितिपनि गठन गरिएको छ । समितिको संयोजकमा दिपक राज काफ्ले रहेका छन भने सदस्यहरुमा राजन गौली, केशवराम राई लगायतका व्यक्ति रहेका छन । समितिलाई बृहत बनाउन नेपाली संघसंस्थाका प्रतिनिधिहरुलाईपनि समेटीएको छ भने । समतिलाई परामर्श दिन र सहयोग गर्न भन्दै सल्लाहकार समितिपनि गठन गरिएको छ । कार्यक्रम न्युयोर्कस्थित शेर्पा किदुगको भवनमा भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-