दूरबिन नेपाल
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो साता आफू विरुद्धको महाभियोग सम्बन्धी जाँचबुझमा कठोर हुन र त्यस विरुद्ध लड्न रिपब्लिकनहरूलाई आह्वान गरेको केही दिन पनि नबित्दै राष्ट्रपति विरुद्धको महाभियोगसम्बन्धी डेमोक्र्याटहरुले नेतृत्व गरिरहेको जाँचबुझमाथि रिपब्लिकन सांसदहरूले बाधा पुर्याएका छन् । पेन्टागनका एक जना वरिष्ठ विज्ञले बयान दिन लाग्दा २० भन्दा बढी रिपब्लिकन सांसदहरूले बन्द सत्रमा बाधा पुर्याउन खोजेका थिए ।
बाधासँगै दुवै पार्टीका सांसदहरू एकले अर्कोलाई दोषारोपण गर्दे विवादमा उत्रेका थिए । अमेरिकाका डेमोक्र्याटिक पार्टीका सांसदहरूले उनीहरूमाथि राष्ट्रिय सुरक्षामाथि सम्झौता गरेको आरोप लगाएका छन् भने रिपब्लिकनहरूले चाहिँ राष्ट्रपति ट्रम्पलाई सोभियत शैलीको प्रक्रियाबाट हटाउने प्रयास गरिरहेको आरोप महाभियोगसम्बन्धी जाँचबुझ गरिरहेको संसदीय समिति माथि लगाएका छन् । समितिमा डेमोक्र्याट र रिपब्लिकन दुवै तर्फका सांसद रहेका छन् । तर डेमोक्र्याटहरुले रिपब्लिकनहरूले रुस र चीनलाई मद्दत गरिरहेको आरोप लगाएका छन् ।
पाँच घण्टाको विलम्बपछि समितिले एक जना साक्षी पेन्टागनकी लौरा कुपरको बयान सुनेको छ । डेमोक्रेटिक एक जना सांसद ट्रेड क्रुजले ट्रम्पले पूर्व उपराष्ट्रपति जो बाइडनविरुद्ध अनुसन्धान गर्ने विषयमा युक्रेनका समकक्षीसँग टेलिफोन वार्ता गरेकोबारे कुपरसँगको बयानले थुप्रै प्रमाणहरूको खुलासा गर्ने भएकाले रिपब्लिकनहरू त्रसित भएको बताए । सन् २०२० मा हुने राष्ट्रपतीय चुनावका लागि बाइडन ट्रम्पका सम्भावित प्रतिद्वन्द्वी हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-