अमेरिका, अक्टोवर २५ । अमेरिकाको क्यालिफोर्निया स्थित जङ्गलमा लागेको आगो नियन्त्रणमा नआए पछि झण्डै ५० हजारलाई सुरक्षित स्थानमा सारिएको छ । अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाए अनुसार लस एन्जलस उत्तरी क्षेत्रको जङ्गलमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
एक दिन अगाडी देखि लागेको आगो नियन्त्रणका लागि एयर ट्याङ्करका साथै पाँच सय भन्दा बढी अग्नी नियन्त्रकहरु परिचालन गरिएको छ । तिब्रगतिमा आएको हावाका कारण पनि आगलागी नियन्त्रणमा सकस भएको जनाइएको छ ।
फोटो : रासस\एपी
प्रतिक्रिया लेख्नुहोस्:-