काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस वर्षको भाइटीका लगाएनन् ।
प्रधानमन्त्री देउवाले भ्रातृशोकमा रहेका कारण भाइटीका नलगाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको गत जेठमा निधन भएको थिए ।
भाइको शोकमा रहेका कारण दशैं र तिहारमा टीका नलगाए पनि प्रधानमन्त्री देउवाले पत्नी आरजु राणासँगै लक्ष्मी पूजा गरेको तस्वीर भने लक्ष्मी पूजाको दिन सार्वजनिक भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-