सानफ्रानसिस्को । अमेरिकन आइडलमा उपविजेता बन्न सफल नेपाली युवा गायक अर्थर गन उर्फ दिवश पोखरेलले शुक्रवार वे एरिया तताउदै छन् । सानफ्रानसिस्को बे एरियामा रहेको नेपाली समुदायमा सम्भवतः ठुलो लाइभ कन्सर्ट हुन सक्ने अनुमान आयोजकहरूले गरेका छन् । कार्यक्रम सानफ्रानसिस्कोको रोक्जयूल्को थिएटरमा हुँदै छ ।
‘प्रोजेक्ट इन्टरटेन्मेन्ट’ ले आयोजना गरेको लाइभ कार्यक्रम सफल बनाउन वे एरियाका नेपाली युवाहरू अहोरात्र खटिरहेका छन् । वे एरियामा नेपालीहरूले आयोजना गरेका कार्यक्रमहरूमा यो सबै भन्दा धेरै मानिसहरूको उपस्थितिमा सम्पन्न हुने उनीहरूले दाबी गरेका छन् ।

कार्यक्रममा २१ भन्दा माथि उमेर समूहलाई मात्र प्रवेशको अनुमति दिइएको छ । आयोजकहरूले यसलाई अमेरिकी कानुन बमोजिम व्यवस्थित गरेको बताएका छन् । गायक अर्थर गनले अमेरिकी आइडलमा गाएका अङ्ग्रेजी गीतहरू एवं नेपालका चर्चित आधुनिक गीतहरूमा आफ्नो प्रस्तुति दिनेछन् । केही वर्ष अघि सानफ्रानसिस्को सहरको ‘अर्फियम थिएटर’ मा नेपथ्यको लाइभ कन्सर्ट मा ५ सयभन्दा बढी सहभागी थिए । अर्थर गनको यस कन्सर्टमा त्यो भन्दा बढी मानिसहरूको प्रत्यक्ष उपस्थितिमा सम्पन्न हुने आयोजकहरूले बताए ।







प्रतिक्रिया लेख्नुहोस्:-