काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले बालुवाटारमा विरोध प्रदर्शन गरेको छ । रास्वपाले आफ्नो पार्टी सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै प्रदर्शन गरेको हो ।
सहकारी ठगी प्रकरणमा कात्तिक २ मा लामिछाने पक्राउ परेसँगै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएकोमा मंगलबार बालुवाटार केन्द्रित प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा रास्वपाका ५१ जना नेता कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको रास्वपाको आरोप छ
प्रतिक्रिया लेख्नुहोस्:-