Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

गोप्यरुपमा व्यवस्थापन गरियो बग्दादीको शव

कार्तिक १३, २०७६ १२:०० मा प्रकाशित
गोप्यरुपमा व्यवस्थापन गरियो बग्दादीको शव
Share on FacebookShare on Twitter

जाङबु शेर्पा, दूरबिन नेपाल

स्लामिक स्टेटका नेता अबु बकर अलबग्दादीको शवलाई व्यवजस्थापन गरिएको अमेरिकी सेनाले जनाएको छ । बग्दादीको शरीरका अवशेषहरूको व्यवस्थापन गरिएको अमेरिकी सेनाले जनाएको हो । द्वन्द्वग्रस्त उत्तरी सिरियामा शनिवार अमेरिकी विशेष फौजको कारबाहीमा भाग्ने क्रममा आफ्नै सुसाइड भेस्ट विस्फोट गराई बग्दादीले आत्महत्या गरेका थिए । यद्यपि बग्दादीको शव व्यवस्थापन गरिएको मिति र स्थानबारे भने सेनाले केही खुलाएको छैन । पेन्टागनमा आयोजित पत्रकार सम्मेलनमा रक्षामन्त्री मार्क एस्परले अहिलेको समयको सबैभन्दा जघन्य अपराधका लागि अलबग्दादी जिम्मेवार रहेको बताए । उनले कारवाहीको क्रममा उनका केही अनुयायी पनि मारिएको पुष्टि गरे । इराक र सिरिया क्षेत्रमा क्यालिफेट अर्थात् ईश्वरका प्रतिनिधिबाट शासित राज्यको घोषणा गरेपछि अल बगदादी सन् २०१४ देखि चर्चामा आएका थिए । शनिवार ह्वाइट हाउसमा बोल्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एउटा सुरुङभित्र अल बग्दादी भागेर गएका र आफूले लगाएको एउटा सुसाइड भेस्ट विस्फोट गराएको बताएका थिए । ट्रम्पले अमेरिकी फौजको कारबाहीमा ठूलो सङ्ख्यामा अलबग्दादीका अनुयायीहरू समेत मारिएको र नियन्त्रणमा लिइएको बताए । मारिनेहरूमा उनका दुई श्रीमती पनि थिए । उनीहरूले विस्फोट हुने भेस्ट लगाएका थिए, तर त्यसलाई उनीहरूले विस्फोट गराएनन् । इस्लामिक स्टेटले गरेका कैयौँ हत्याका घटनामा हजारौँ मानिसले ज्यान गुमाइसकेका छन् । उक्त जिहादी समूहले करिब ८० लाख मानिसमाथि एउटा क्रुर शासन लादेको थियो । विश्वका विभिन्न स्थानमा गराइएका आक्रमणहरूमा सो समूहले जिम्मेवारी लिंदै आएको छ । इराकी र सिरियाली क्षेत्रका साथै अन्यत्र पनि इस्लामिक स्टेटका लडाकुहरू सक्रिय हुँदा हुँदै संयुक्त राज्य अमेरिकाले यसै महिनाको शुरूतिर क्यालिफेट परास्त भएको घोषणा गरेको थियो । अमेरिकाले उत्तरी सिरियामा नै इस्लामिक स्टेटसंग लडिरहेका कुर्दिसहरुसंगको सहकार्यमा पटक–पटक प्रयासपछि वग्दादीमाथिको कार्वाही हात लागेको थियो । यसअघि अलकायदा नेता ओसमाविन लादेनलाईपनि अमेरिकी विशेष कमाण्डोले पाकिस्तानमा मारेको थियो । लादेनको शवपनि गोप्यरुपमा नै व्यवस्थापन गरिएको थियो ।
एजेन्सिको सहयोगमा

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result