Monday, May 4, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अपी क्षेत्र पर्यटकको रोजाइमा

कार्तिक १५, २०७५ ८:०७ मा प्रकाशित
अपी क्षेत्र पर्यटकको रोजाइमा
Share on FacebookShare on Twitter

दार्चुला, १५ कात्तिक / अपी नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने दार्चुलाको अपी हिमाल क्षेत्रमा पदयात्राका लागि विदेशी पर्यटक जान थालेका छन् । लामो समयदेखि आरोहणमा रोक लगाइएको अपी हिमालमा यो वर्षदेखि हिमाल चढ्न खुला गरिएसँगै पर्यटक पदयात्रामा जानेक्रम बढ्न थालेको छ ।

सात हजार १३२ मिटर उचाइको अपी हिमाल, ६ हजार ७५७ मिटर उचाइको नाम्पा हिमाल, तथा ६ हजार ६७० मिटर उचाइको व्यास हिमालको मनोरम दृश्य एकै पटक एउटै ठाउँबाट देख्न सकिने भएपछि विदेशी पर्यटकको रोजाइमा अपी हिमाल क्षेत्र परेको हो । जिल्लाको दुई वटै बाटो भएर अहिले विदेशी पर्यटक अपी हिमाल आधार शिविरसम्म पुग्छन् । भौगोलिक रुपमा सहज तथा सजिलो बाटोका रुपमा गोकुलेश्वर, लटिनाथ, घुसा हुँदै अपी हिमाल आधार शिविर पुग्ने बाटो सुविधायुक्त छ । गोकुलेश्वर, खलङ्गा, व्यास हुँदै अपी हिमाल पुग्ने त्रिदेशीय सीमा तथा बाटो निर्माण गर्न सके अझै पर्यटक बढाउन सकिने बताइएको छ ।

अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका निमित्त संरक्षण अधिकृत मनोज अवस्थीका अनुसार सो संरक्षण क्षेत्रभित्र हिउँ चितुवा, ध्वाँसे चितुवा, कस्तुरी मृग, हाब्रे, रतुवा, घोरल, नाउर, झारल, साधारण चितुवा, बाँदर, हिमाली कालो भालु, स्याल, दुम्सी, ब्वाँसो, लङ्गुर, थारलगायत २५ प्रकारका स्तनधारी जनावर पाइन्छ ।

त्यस्तै डाँफे, मोना, चील, च्याखुरालगायत २४३ प्रजातिका चराचुरुङ्गी पाइने गरेको छ । यीनै जीवजन्तु र चराचुरुङ्गी हेर्न पनि विदेशी पर्यटक पछिल्लो समय उक्त संरक्षण क्षेत्रको अपी हिमालतर्फ पदयात्रा गर्न मन पराउने गरेको संरक्षण अधिकृत अवस्थीको भनाइ छ । यस आर्थिक वर्षको शुरुवातदेखि नै अपी हिमाल क्षेत्रमा पर्यटक आउने क्रम चलेको छ । एक महीनाअघि युरोपियन मुलुक चेक गणतन्त्रका आठ विदेशी अपी हिमालबाट फर्किएपछि पर्यटक आउने क्रम बढेको छ । संरक्षण क्षेत्र कार्यालय दार्चुलाका अनुसार केही जर्मन नागरिक अपी आधार शिविरतर्फ घुम्न गएका छन् ।

संरक्षण क्षेत्र कार्यालयबाट १५ दिनको अनुमति लिएर जर्मन नागरिक जोसिफ र जानुस त्यसतर्फ गएको बताइएको छ । संरक्षण क्षेत्र कार्यालय दार्चुलाको अनुमति लिएर हालसम्म ६ विदेशी नागरिक अपी आधार शिविरतर्फ गएका छन् ।

यस्तै अपी नाम्पा संरक्षण क्षेत्रको रेञ्जपोस्ट विटुले हुँदै विदेशी पर्यटक अपी हिमाल अवलोकनमा जाने गरेका छन् । विटुलेबाट कति पर्यटक गए भन्ने यकिन तथ्याङ्क जिल्लामा आइनसकेको संरक्षण क्षेत्र कार्यालयले जनाएको छ । यस्तै केही विदेशी पर्यटकहरु पर्यटन विभागबाटै स्वीकृति ल्याएर आउने गरेको कारण यकिन तथ्याङ्क कार्यालयसँग नभएको संरक्षण अधिकृत अवस्थीको भनाइ छ ।

जिल्लामा आव ०७४÷७५ मा २७ र ०७३÷७४ मा २५ जना विदेशी पर्यटकले अपी नाम्पा संरक्षण क्षेत्रमा भ्रमण गरेका छन् । यस क्षेत्रको अवलोकनका लागि आउने पर्यटक आउने गरेको रेञ्जपोस्ट विटुलेका इञ्चार्ज भुवनेश्वर चौधरीले बताउनुभयो ।

महीनामा तीन–चार जना पर्यटक अपी हिमाल पुगेर फर्किने गरेका छन् । यहाँका आकर्षक पर्यटकीय गन्तव्यस्थलको प्रचार प्रसार हुन सकेको छैन । उहाँले भन्नुभयो, “पर्यटकका लागि आवश्यक सुविधा सम्पन्न होटल, पथप्रदर्शक तथा घरबाससमेत प्रभावकारी सञ्चालन गर्न सएिको छैन ।” पूर्वाधारका लागि पर्यटन क्षेत्रमा लगानी हुन नसक्दा विदेशी पर्यटक तान्न नसकिएकोे अपी पर्यटन विकास समाजका अध्यक्ष सोवनसिंह लोथ्यालले बताउनुभयो ।

जिल्लाका साबिकका २१ गाविस समेटेर अपी नाम्पा संरक्षण क्षेत्र बनेको छ । तर कार्यालयले पर्यटक तान्ने गतिविधि गर्न नसक्दा प्रचार प्रसार हुन नसकेको नेपाल पर्यटन पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका महासचिव कृष्णसिंह धामीले बताउनुभयो । रासस

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result