दूरबीन नेपाल
अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेटले आफ्ना नेता बगदादी मारिएको पुष्टि गरेको छ । । विहिवार एक अडियो टेप जारी गर्दै इस्लामिक स्टेटले अबु इब्राहिम अल कुरैशी आफ्नो संगठनको नयाँ नेता भएको घोषणा गरेको छ । आइएसको टेपलाई उसको निकट समाचार एजेन्सी अमाकद्वारा सार्वजनिक गरिएको हो ।
इस्लामिक स्टेट (आईएस) ले अबु बकर अल बग्दादी मारिएको पुष्टि गर्दै अर्को छुट्टै कारबाहीमा समूहका प्रवक्ता अबु अलहसन अल मुजाहिरपनि मारिएको जनाएको छ । छोटो अन्तरालमा नै आफ्नो समूहका दुई नेता मारिएको घोषणासंगै उनीहरुले उत्तराधिकारी पनि घोषणा गरेका हुन । अमेरिकी विशेष फौजको कारबाहीमा गत शनिवार अल बग्दादी सिरियामा मारिएका थिए । आईएसले सन् २०१४ मा इराक र सिरियाका ठूलो भूभागमाथि कब्जा गरेपछि अल बग्दादी समूहका नेता घोषणा गरिएका थिए ।







प्रतिक्रिया लेख्नुहोस्:-