Tuesday, July 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा नेपाली भाषा–संस्कृति जगेर्ना गर्न देउसी भैलो

कार्तिक १६, २०७५ ४:१३ मा प्रकाशित
अमेरिकामा नेपाली भाषा–संस्कृति जगेर्ना गर्न देउसी भैलो
Share on FacebookShare on Twitter

सानफ्रानसिस्को, १ नोभेम्बर /
अमेरिकाका विभिन्न सहरमा बसोबास गर्दै आएका नेपालीहरू दोस्रो ठुलो चाड तिहारका अवसरमा देउसी भैलो खेल्ने तयारीमा जुटेका छन् । नेपालीहरूको घना बस्ती रहेको सानफ्रानसिस्को बे एरियामा नेपाली भाषा संस्कार र संस्कृति अमेरिकामा हुर्कँदो नेपाली नयाँ पुस्तालाई सिकाउन देउसी भैलो खेल्ने कार्यक्रम बनाइएको आयोजक मध्येका एक नारायण खनालले दूरबिन नेपाललाई बताए । सानफ्रानसिस्को स्थित सन्निभेलको सेरा पार्कमा देउसी भैलो कार्यक्रम आयोजना हुने छ । नेपाली भाषा र संस्कार बालबालिकाहरूलाई सिकाउन यस क्षेत्रमा सञ्चालित नेपाली भाषा कक्षाको सहयोगार्थ यो कार्यक्रम राखिएको हो ।

नेपाली भाषा कक्षामा ७० जना बालबालिका नेपाली गीत–सङ्गीत भाषा, संस्कार संस्कृति सिकिरहेका छन् । बे एरियाका विभिन्न संघ संस्थाहरू मिलेर नेपाली भाषा कक्षा सञ्चालन गरिएको हो । भाषा कक्षामा अध्ययनरत नेपाली बालबालिकालाई नेपाली भाषा,संस्कार, संस्कृति र चाडबाडको बारेमा जानकारी, प्रत्यक्ष अवलोकन र सहभागी गराउन देउसी भैलो कार्यक्रम गर्न लागिएको हो । नोभेम्बर १० तारिख शनिवार दिउसो १ बजेबाट सेरा पार्र्कमा देउसी भैलो शुरु हुने छ । नेपाली भाषा कक्षा र विकल्प फाउण्डेशनको संयुक्त आयोजनामा गर्न लागिएको देउसी भैलोमा बे एरियामा रहेका नेपाली कलाकार, गायक गायिका, समाजसेवी , विभिन्न संघ संस्थाका पदाधिकारी र प्रतिनिधिहरूको सहभागिता रहने खनालले बताए । एनआरएन अमेरिका कार्यसमिति सदस्य तथा भाषा संस्कृति संयोजक विन्दु सापकोटाको कोरियोग्राफिमा नेपाली भाषा कक्षाका बालबालिकाले देउसी भैलो नृत्यको तयारी गरिरहेका छन् । सापकोटाले भनिन् “नेपाली भाषा कक्षामा रहेका बालबालिकाहरूको सामूहिक र समूहगत प्रस्तुतिका लागि आवश्यक तयारी गरिरहेका छौँ ।” भाषा कक्षाका शिक्षिका द्वय सावित्रा पन्त र गिता बजगाईले देउसी भैलोको तयारीलाई सहयोग गरिरहेका छन् ।


यो कार्यक्रमको प्रमुख सहयोगी विकल्प फाउण्डेशनले नेपालका विभिन्न भागमा खेलिने देउसी भैलोलाई जीवन्त ढङ्गले प्रस्तुत गर्न गृहकार्य गरिरहेको छ । विकल्प फाण्डेशनका निर्मल कुमार फुयाँलले दूरबिन नेपालसँग कुरा गर्दै भने “हामी नेपालको पश्चिम, मध्ये र पूर्वमा खेलिने देउसी भैलोको लयो र शैली प्रस्तुत गर्ने छौँ । पश्चिमान्चलमा खेलिने देउसी भैलो जस्ताको तस्तै प्रस्तुत गर्न टिकाकुमार पुन, मध्यमान्चलको सेरोफेरोमा खेलिने देउसी भैलो म आफै र पूर्वतिर खेलिने देउसी भैलोको लयो र भाका वरिष्ठ सङ्गीतकार मदन दिब्विमको अगुवाइमा प्रस्तुत गरिने छ ।” यसका लागि आवश्यक वाद्यवादन र कोरियोग्राफि संयोजनको कामहरू भइरहेका छन् । विकल्प फाउण्डेशनको तर्फबाट कोरियोग्राफि अस्मिता फुयाँलले गर्ने छन् । सङ्गीत र नृत्यमा लक्ष्मी खरेल र अजेलिया फुयाँल लगायतको प्रस्तुति रहने छ ।


एनआरएन आइसीसी सदस्य डिल्ली भट्टराई, नेपाली कम्यूनिटि सेन्टरका संयोजक उत्तम कार्की, न्यान्सका अध्यक्ष रविन्द्र राई, सन्नी सगरमाथा समाजका अध्यक्ष गंगा के सी, सन्नी सगरमाथा समाजका संस्थापक अध्यक्ष ईश्वर सापकोटा, पूर्व अध्यक्ष हरिरह दाहाल, बलराम पाण्डे, जन सम्पर्क समिति क्यालिफोर्नियाका अध्यक्ष पूर्ण शेर्पा नेपाली महिला विश्व सञ्जालकी अध्यक्ष तथा नायिका सुस्मिता खड्का सिजापती, सन्निसगरमाथाका उपाध्यक्ष सन्तोष गिरी, महासचिव दीपक अधिकारी सचिव, अनुप अधिकारी लगायत बे एरियाका सयौँ नेपालीहरू आफ्ना बालबच्चा सहित देउसी भैलो कार्यक्रममा सहभागिता रहने आयोजक पक्षले जनाएको छ । देउसी भैलो खेल्ने कार्यक्रम स्थलमा नै सेल रोटी र अचार बनाइने छ । देउसी भैलोबाट सङ्कलित रकम भाषा कक्षा सञ्चालनका लागि खर्च गरिने छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result