Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाली मूलका ह्यारी भण्डारी अमेरिकी निर्वाचनमा रिपब्लिकनलाई कडा टक्कर दिँदै 

कार्तिक १९, २०७५ ४:३७ मा प्रकाशित
नेपाली मूलका ह्यारी भण्डारी अमेरिकी निर्वाचनमा रिपब्लिकनलाई कडा टक्कर दिँदै 
Share on FacebookShare on Twitter
मेरिल्याण्ड \आइतबारको दिन मध्यान्न १२ बजे म पेरिहल स्थित बेलिएर रोडमा रहेको ८९०२ नम्बर घरको दोस्रो तलमा पुग्दा ह्रयारी भण्डारी खाना खादै थिए । टेबलमा कागजका पाना यत्रतत्र छरिएको थियो । सिसाको टिफिन बक्समा भात, कुखुराको मासु, एक छेउमा साग र अर्को बट्टामा मासको दाल  । मोबाइलमा घण्टी तारान्तार बजिरहेको थियो । दुई चार चम्चा भन्दा बढी उनले खान भ्याएनन ।
अमेरिकामा मतदानको मिति (नोभेम्बर ६) केही घण्टामा बाँकी रहँदा उनको व्यस्तता झनै बढेको थियो । केही टोलमा नक दि डोर (घर दैलो ) कार्यक्रम बाँकी नै थियो । चुनावका दिन आफ्नो क्षेत्रको बुथमा खटाउने स्वयम सेवकको व्यवस्थापन पनि आइतबार नै टुङ्गो लगाउनु पर्ने थियो । सबै बुथका लागि  एक सय ५० स्वयम सेवक जुटाउनु र उनीहरूलाइ जिम्मेवारी दिने काम पनि अाइतवार नै सक्नु पर्ने थियाे ।
खाँदा खादै बिचैमा उठेर उनी नक दि डोरमा निस्किए । नेपालमा २०४८ साल देखि २०७० साल सम्म भएका सबै प्रकारका निर्वाचनमा कुनै न कुनै रूपमा सहभागी भएको म अमेरिकामा भने उम्मेदवार सँग भोट माग्न घर दैलोमा निस्कनु नौलो थियो । त्यसैको लागि सभा घण्टाको दुरी छिचोल्दै म पेन्सिलभेनियाबाट मेरिल्याण्ड पुगेको थिए ।
अमेरिकामा हरेक दुई वर्षको नोभेम्बर ६ निर्वाचनको दिन हो । दुई बर्ष पहिले २०१६ नोभेम्बर ६ मा राष्ट्रपति निर्वाचन भएको थियो ।  अहिले केन्द्रीय प्रतिनिधि सभाको ४३५ सिट, केन्द्रीय सीनेटको एक सय मध्ये ३३ सिट, ३६ गभर्नर तथा  राज्य सिनेट र राज्य डेलिगेटस ( विधायक सभा ) का साथै स्थानीय तहको निर्वाचन हुँदै छ ।
४१ बर्ष अगाडी पर्वतमा जन्मिएका हिरा बहादुर भण्डारी । अमेरिका आए सँगै एच बी भण्डारी हुँदै अहिले ह्रयारी भण्डारी नामले चर्चित छन् । करिब डेढ दशकको अवधिमा अमेरिकाको मुलधारको राजनीतिमा छलाङ नाप्ने तरखरमा रहेका भण्डारी मेरिल्याण्ड राज्यको विधायिका (हाउस अफ डेलिगेट्स) का लागि डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवार हुन् । मेरिल्याण्ड राज्य डेलिगेटस सभामा  ४७ डिष्ट्रिकबाट एक सय ४१ जना सदस्य रहन्छन् । भण्डारी उम्मेदवार रहेको डिष्ट्रिक आठ बाट तीन जना निर्वाचित हुन्छन् । जन सख्याकाे अाधारमा डिष्ट्रिकबाट निर्वाचित हुने सिट संख्या फरक हुन्छ । डिष्ट्रिक अाठमा तीन सिटमा  ६ जना उम्मेदवार छन् । भण्डारीको प्रतिस्पर्धा राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टी  रिपब्लिकनका उम्मेदवारसँग हुने छ ।
अमेरिकी निर्वाचनमा विपक्षी पार्टीको उम्मेदवार सँग प्रतिस्पर्धा गर्नु अगाडी आफ्नै पार्टी भित्र हुने चुनाव जित्नु पर्ने हुन्छ जसलाई प्रारम्भिक चरणको निर्वाचन भनिन्छ । सो चरणमा भण्डारी चार उम्मेदवार मध्ये दोस्रो भएका हुन । यस्तै उनी डेमोक्रेटिक पार्टीको  मेरिल्याण्ड राज्यको निर्वाचित केन्द्रीय सदस्यमा पनि हुन ।
भण्डारीको निर्वाचन क्षेत्रमा करिब ८० हजार मतदाता छन् । जसमा नेपाली भाषी करिब दुई सयको हाराकारीमा छन् । यो क्षेत्रका मतदातालाई अस्थिर भन्ने गरिन्छ । यस पटकको निर्वाचनका लागि १५ हजार मतदाताको घर सम्म पुगेका भण्डारी आइतबार पनि आफै ५१ घरको ढोका ढ्कढकाउन पुगे ।
जसले ढोका खोलेर बाहिर निस्कन्थे उनीहरूलाई भण्डारी आफ्नो परिचय दिन शुरु गर्थे, “ म नेपाली मूलको अमेरिकन ह्यारी भण्डारी, शुरुमा अमेरिका आउँदा ग्यास स्टेसनमा काम गर्थे, मेहनत गर्दै गए, अहिले पेशाले शिक्षक हु, पढाइ पनि अन्तिम चरणमा पुर्याएकाे  छु, पिएचडीको अन्तिम तयारीमा छु अहिले तपाइको क्षेत्रको उम्मेदवार ।”
त्यस पछि उनका कुरा सुन्न इच्छुक मतदातालाई उनी आफ्नो एजेन्डा प्रस्टाउथे,स्कुलमा पूर्वाधार सुधार, पिउने पानीको व्यवस्था, स्वास्थ्य सेवामा थप सुविधा, समुदायका अन्य सुधारका कुरा । जाँदा जाँदै उनले मतदातालाई भन्थे “तपाईँ जसलाई दिनुस् भोट चैँ दिनुस्,अन्य समय कुनै पनि समस्या भयो भने मलाई सम्पर्क गर्नुस् ।” भिजिटिङ्ग कार्ड थमाउदै उनी अर्को घर तर्फ लाग्दथे ।
“यहाँका मतदाता अस्थिर छन्, भोट नहाले सम्म कुनै टुङ्गो हुँदैन अघिल्लाे पटक दिएकालाइ फेरि दिन्छन भन्ने हुदैन ।” एउटा घरबाट अर्को घरको ढोका ढकढकाउदाकाे बिचमा भण्डारी केही न केही भनी भ्याउथे।
उम्मेदवार घर दैलोमा पुग्नुको अलावा, विद्युतीय – छापा माध्यम, सामाजिक सञ्जाल र हुलाक मार्फत पनि उमेदवारले आफ्नो एजेन्डा मतदाता सम्म पुर्याउने माध्यम बनाउँछन् । त्यसको खर्च उनले पार्टी र समुदायको चन्दा सहयोगबाट जुटाएका छन् ।
“अमेरिकी चुनाव खर्चिलो नै छ, पछिल्लो सात हप्ता देखि हरेक हप्ता  १२ देखि १५ हजार अमेरिकी डलर हुलाकका लागि खर्च गर्दै आएका छौ, आफ्नो उम्मेदवारी र घोषणा पत्र मतदाता सम्म पुर्याउन  ।”
भण्डारी अहिले पनि शिक्षक हुन । वर्षको ८५ हजार अमेरिकन डलर उनको तलब हुन्छ । स्कुलबाट फुर्सद भए पछि उनी समुहदायको काममा लाग्ने गर्दछन् । तर चुनाव नजिकिँदै जाँदा उनले सात दिनको बिदा स्वीकृत गराएका छन् । “यो चुनाव जिते भने शिक्षक पदबाट राजीनामा दिन्छु, नत्र फेरि त्यही पेशामा फर्कनु पर्छ, अहिले चुनाव प्रचारमा जानु पर्ने भएकाले विद्यालय बोर्ड बाटै विधा स्वीकृत गराएको छु ।”
“हुन त मेरो बिमारी बिदा नै एक सय दिन भन्दा बढी सञ्चित छ, बिरामी बिदा लिएर चुनाव प्रचारमा हिँड्न नैतिकताले दिएन त्यही भएर वेतलवी बिदा स्वीकृत गराए ।” भण्डारी थप्छन् । उनका अनुसार यो चुनाव जित्दा पनि आर्थिक रूपमा भने उनलाई घाटा नै छ । “ अहिले शिक्षकको रूपमा मैले खाइपाइ आएको तलब भन्दा झण्डै आधा तलब हुन्छ, १३ वर्षको स्थायी जागिर पनि जान्छ ।”
प्रारम्भिक सर्वेक्षणले भण्डारी दोस्रो स्थानमा रहँदै विजयी हुने देखाएको छ । भण्डारी यही चुनावमा जित हार भन्दा पनि आफू अमेरिकन नेपालीका लागि पथ प्रदर्शक हुने दाबी गर्दछन् । “हार जीत एउटा पाटो हो, मैले रहेका दिन जितेको छु, मेरो लडाइ भनेको चुनाव जितेर ससदमा जाने मात्र होइन, नेपाली मूलका अमेरिकनहरूलाई मूलधारको राजनीतिमा लाग्ने प्रेरणा जगाउनु पनि हो ।”

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result