दूरबिन नेपाल
अमेरिकाको ट्रम्प प्रशासन औपचारिकरुपमा पेरिस सम्झौताबाट पछि हटेको छ । अमेरिकी विदेश मन्त्री माइक पम्पाओले संयुत्त राष्ट्र संघलाई पत्र मार्फत जानकारी गराउदै सन २०१५ मा फ्रान्सको पेरिसमा भएको मौसम परिवर्तन सम्बन्धि सम्झौताबाट अमेरिका पछि हटेको उल्लेख गरेका छन । यद्यपि अमेरिकाको यो निर्णय भने अर्को वर्ष मात्र लागु हुनेछ । वातावरण सम्बन्धि विश्वव्यापी विभिन्न संघ संगठनको दवावका बावजुद पनि अमेरिकाले पेरिस सम्झतौताबाट पछि हट्ने निर्णय गरेकोे हो । विदेशमन्त्री पोम्पीओले सोमबार ट्विीट गर्दे जलवायु परिवर्तनको प्रभाव रोक्न अमेरिका संधै लचिलो रहेको बताउदै जलवायु सम्बन्धि विश्वव्यापि साझेदारहरूसँग मिलेर काम गर्न तयार रहेको उल्लेख गरेका छन । पृथ्विमा बढिरहेको हरितगृह ग्यास घटाउने अन्तराष्ट्रिय प्रतिबद्धता जाहेर गर्न सन २०१५ मा संयुक्त राष्ट्रसंघको पहलमा करिव २ सय राष्ट्रले हस्ताक्षर गरेका थिए । सम्झतौतामा हरितगृह ग्यास उत्सर्जन घटाउने र जलवायु परिवर्तनलाई रोक्न हरेक देशले आफ्नो लक्ष्य निर्धारण गर्ने, त्यसका लागि धनी देशहरूले पनि गरीब देशहरूलाई मौसम परिवर्तनसँग सम्बन्धित कार्यक्रमको प्रायोजन गर्नुपर्ने लगायतका नियमहरु नियमहरु छन । ती नियमहरुमा सहमती जनाएर नै धनी मुलुकहरुले हस्ताक्षर गरेका थिए । सो सम्झौताबाट बाहिर निस्कने अमेरिका एक मात्र देश हो । तर पेरिस सम्झौताको विकास गर्न मद्दत गर्ने परराष्ट्र विभागका एक पूर्व जलवायु अधिकारी एन्ड्र्यू लाइटले भने पेरिससम्झैतावाट हट्ने अमेरिकाको निर्णयको आलोचना गरेका छन । उनले संयुक्त राज्य अमेरिकाले विश्वको बाँकी मुलुकलाई जलवायु परिवर्तनसँग कारोबार गर्न सहयोग नगरिरहेको बताउदै यदि अमेरिका कम उत्सर्जन भएको र सानो देश भएको भए त्यस्तो फरक नपर्ने तर ठुला राष्ट्र भएको र बढि कार्वन उत्सर्जन गर्ने अमेरिका जस्ता ठुला देशहरु वढि जिम्मेवार हुनु पर्ने उनले बताइन । सम्झौता भएको बर्षदेखि नै ब्राजिल, चीन, जापान र भारतलगायत धेरै प्रमुख अन्तर्रा्िष्ट्रय खेलाडीहरूले आर्थिक वा राजनैतिक उथलपुथलको अनुभव गरेका छन् तर परिणामस्वरूप पेरिस सम्झौताबाट कोही पनि पछि हटेको छैन । अमेरिकाले सन २०२५ सम्ममा सन २००५ को तुलनातमा कार्वन उत्सर्जनमा एक चौथाइ घटाउने लक्ष्य लिए पनि हालसम्म उक्त लक्ष्य भने हासिल गर्न सकिरहेको छैन । जलवायू वैज्ञानिकहरुले ठुला राष्ट्रहरुले समयमै मौसम परिवर्तन सम्वन्धि कार्यन्वयनलाई संवेदनशिलताका साथ नलिएमा त्यसले अमूल्य जोखिम निम्त्याउने चेतावनी दिएका छन ।
प्रतिक्रिया लेख्नुहोस्:-