Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

न्युयोर्कका चालकमा तिब्र गतिको समस्या बढ्दो

कार्तिक १९, २०७६ ४:२९ मा प्रकाशित
न्युयोर्कका चालकमा तिब्र गतिको समस्या बढ्दो
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क

कहिल्यै ढिलो नहुने शहरको उपनाम पाएको न्युयोर्कमा तिब्र गतिका कारण धेरै सडक दुर्घटनाहरु हुने गरेका छन । न्युयोर्कको वित्त विभागले केहि दिन अघि सार्वजनिक गरेको एक रिपोर्ट भने आश्चर्य लाग्दो छ । विद्यालय क्षेत्रमा हुने सडक दुर्घटनालाई कम गर्न न्युयोर्क राज्यले स्कुल क्षेत्रका सडकमा क्यामेराहरु जडान गरेको थियो । ती क्यामेराहरुलार्ई विद्यालय क्षेत्र गति क्यामेरा अर्थात स्कुल जोन स्पीड क्यामेरा भनिन्छ । सोही क्यामेराहरुले तीन महिनामा दस मिलियन भन्दा धेरै पटक नियम उलंघन गरेको प्रष्ट्याएको छ ।

 

सिगेट ब्लुभर्डमा सबैभन्दा धेरै उलंघन

शहरको सबैभन्दा धेरै गति उलंघनको घटना भएको क्षेत्र भने रकवेजमा रहेको सिगेट ब्लुभर्ड रहेको छ । सो क्षेत्रमा न्युयोर्क शहरले २८ हजार तीन सय ६८ उलंघनका घटनालाई क्यामेरामा कैद गरेको छ । क्यामेरा जडान गरेको १५ दिनमै ११ हजार आठ सय ४१ सडक गतिको नियम उलंघनका घटना देखिएका थिए । जसमा दिनमा औषत सात सय ८९ पटक गति उलंघनमा घटना भएका थिए । सडक पार गर्नको लागि छोटो बाटो प्रयोग गर्ने होडवाजीका कारण पनि तिव्रगतिको समस्या बढेको बताइएको छ ।

 

सेप्टेम्बरमा अघिल्लो महिनाको तुलनामा घटेर पांच हजार चार सय नौ थियो । सन २०१४ देखि १७ सम्म न्युयोर्कमा साढे तीन मिलीयन घटना गति उलंघनका थिए । तर पछिल्लो समयमा भने तिव्र गतिको नियम उलंघनका घटना तिब्र गतिले बढिरहेको तथ्यांकले देखाउंछ । न्युयोर्क राज्य सभाले विद्यालय क्षेत्रमा गति मापन गर्ने क्यामेराको संख्यालाई एक सय ४० बाट बढाएर सात सय ५० बनाउने बिलमा गभर्नर एण्ड्र्यु कुमोले गत मे महिनामा हस्ताक्षर गरेका थिए । ती क्यामेराहरुले विहान ६ बजे देखि राती १० बजेसम्म विद्यालय चालु रहेकोबेलामा अनुगमन गर्छन । ती क्यामेराहरु स्कुलको लगत्तै अगाढी नभएपनि नजिकैको दुरीमा जडान गरिएका छन ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result