दूरबिन नेपाल
अमेरिका र कयानाडाको सिमामा रहेको प्रमुख पर्यटकीय स्थल नियाग्रा फल्सको विच चट्टानमा एक सय एक बर्ष देखि अडकेर रहेको पानी जहाजको अवशेष अर्थात सिपव्रेकले अफ्नो दिशा परिवर्तन गरेको छ । ठुलो आंधीहुरी पछि सन १९१८ देखि अडकेर रहेको जहाजको सो अवशेष एक सय ५० फिट तल सरेको नियाग्रा फल्सका अधिकारीहरुले जनाएका छन । चट्टानमा अडकेर रहेको सो अवशेष एक दन्त्य कथा जस्तो बनेको थियो । त्यसलाई हेर्नपनि पर्यटकहरु जाने गर्दछन । अब सो दन्त्य कथाको अन्त हुन लागेको अधिकारीहरुले जनाइएका छन । पानी जहाजको ठुलो सो अवशेषलाई पानीले बगाउंदा हुन सक्ने दुर्घटनाका बारेमा आफुहरु गम्भिर रहेको नियाग्रा फल्सका अधिकारीहरुले जनाएका छन । यदि जोखिम हुने देखिएमा सुरक्षाको प्रवन्ध गरिने तथा पर्यटकहरुलाई सचेत बनाएर टाढा राखिने जनाइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-