अमेरिका । न्युयोर्कको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई परोपकारी कोषको रकम आफ्नो व्यापारिक र राजनैतिक लाभको निम्ति दुरुपयोग गरेको जनाउदै सो रकम फिर्ता गर्न आदेश दिएको छ । सो रकम दुई मिलियन डलर रहेको छ ।
न्युयोर्क राज्यका महान्याधिवक्ता लेटिटिया जेम्सले दायर गरेको मुद्दामा फैसला सुनाउदै न्यायधिश सलिना स्कारपूलाले यस्तो आदेश दिएका हुन् ।
महान्याधिवक्ता लेटिटिया जेम्सले राष्ट्रपति ट्रम्पले गैर नाफामूलक संस्था ट्रम्प फाउण्डेसनको कोषको झण्डै २ दशमलव ८ मिलियन डलर निजि व्यपार र राष्ट्रपतिको चुनावको निम्ति प्रयोग गरेको आरोप लगाउदै मुद्दा दायर गरेका थिए ।
तर ट्रम्प फाउण्डेसनका वकिलहरुले भने मुद्दालाई राजनैतिक उत्प्रेरित रहेको वताएका छन ।







प्रतिक्रिया लेख्नुहोस्:-