भक्तपुर, २२ कात्तिक : नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी भित्रकाे आपसी झगडाका कारण चुनावमा हार व्यहोर्नुपरेको बल्ल स्वीकारेका छन् ।
दीपावली, नेपाल संवत् ११३९ तथा छठ पर्वको अवसरमा बिहिवार नेपाली काग्रेस भक्तपुर जिल्ला समितिले आयोजना गरेको शुभकामना आदानप्रदान एवं जय नेपाल स्मारिका विमोचन कार्यक्रममा देउवाले चुनाव हारकाे कारण अान्तरिक झगडा भएकाे स्वीकारेका हुन् । यस अधि उनले दुइ कम्युनिष्ट मिल्दा पार्टी पराजित भएकाे दावी गर्दै अाएका थिए ।
काग्रेस एक अर्कालाई हराउने खेलमा लाग्दा व्यक्तिलाई मात्रै नभई सिङ्गो पार्टीले हार व्यहाेर्नु परेकाे उल्लेख गर्दै उनले काग्रेस भित्र पार्टीले जसलाई टिकट दिए पनि जिताउनुपर्छ भन्ने संस्कार बसाल्नु अति आवश्यक रहेको बताए ।
सभापति देउवाले चुनावमा भएको हारबाट नेपाली काग्रेसले धेरै ठूलो पाठ सिक्नुपर्ने चर्चा गर्दै हारबाट हतोत्साही र निरशा नभई अबको चुनाव जितमा परिणत गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा देउवाले जय नेपाल स्मारिकाको विमोचन गर्नुका साथै काङ्ग्रेसका नेताद्वय राजनकाजी त्वाती र पवन भुजुलाई सम्मान गरे ।
नेपाली काङ्ग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा, जिल्ला सचिव उद्धव सिलवाल, जिल्ला सचिव निशान ढुङ्गेल, क्षेत्र नं १ का सभापति जीवन खत्री, क्षेत्र नं २ का सभापति नारायण खायमाली, तरुण दलका जिल्ला अध्यक्ष राजु थापालगायतले नेपाली काङ्ग्रेसलाई साङ्गठनिक रूपमा एकताबद्ध बनाएर लैजानुपर्ने आजको आवश्यकता रहेको बताए ।
राससकाे सहयाेगमा









प्रतिक्रिया लेख्नुहोस्:-