काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयका कर्मचारी हेरफेर गर्ने भएका छन् । उनले आफ्नो सचिवालयसँग जोडिएका सल्लाहकार र सहयोगीहरुलाइ हटाउने निर्णय लिएका हुन् ।
ओलीले आफ्नो सचिवालयका अवैतनिक कर्मचारी राजेश बज्राचार्यबाहेक अन्य सबैलाइ हटाउनको लागि स्वतः राजिनामा दिनको लागि निर्देशन दिएको बालुवाटार स्रोतले दुरविन नेपाललाई जानकारी दियो । उहाँ (प्रधानमन्त्री) ले सचिवालयका सबै कर्मचारीलाइ बोलाएर राजिनामा दिनको लागि निर्देशन दिनुभएको छ ।
राजेश बज्राचार्य अवैतनिक कर्मचारी भएकाले उहाँबाहेक अरुसँग राजिनामा माग्नु भएको छ, सायद सबै कर्मचारीले मंसिर महिनादेखि पदमा नहरने गरि राजिनामा दिनुहुनेछ, स्रोतले बतायो । ओलीको अहिलेको यो कदमले चुनाव पछि क्याबिनेटमा पनि मन्त्री हेरफेर हुने सम्भावना रहेको देखाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-