न्युयाेर्क नाेभेम्वर ११ \नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति तथा नेपाली काग्रेसका अामन्त्री केन्द्रिय सदस्य अानन्द विष्टले अापसी मतान्तर मेटाउन छलफलका लागि सबैलाइ अाग्रह गरेका छन् । अापसी विवाद र पार्टीकाे हस्तक्षेपका कारण एक बर्ष पहिले नै हुनु पर्ने समितिकाे निर्वाचन अहिले सम्म हुन सकेकाे छैन ।
दशै, तिहार, नेपाल संवत, छट पर्वकाे अवसरमा जनसम्पर्क समितिकाे तर्फबाट अाइतवार न्युयाेर्कमा अायाेजित चियापान कार्यक्रममा सभापति विष्टले मतान्तर भए त्यसमा छलफलका लागि अाग्रह गरेका हुन । यस्तै उनले प्रभासमा नेपालीकाे मुद्दामा सबैलाइ एक हुन पनि अाग्रह गरे । ” हामी भिन्नै पार्टी र संघ सस्थाका साथीहरू हाै तर मलुककाे हितका लागि, विकासका लागि कसरी एकिकृत हुने सबैले त्यस तर्फ लाग्नु पर्छ”
सभापति विष्टले पहिचानका लागि पनि अमेरिकामा रहेका नेपाली एक हुनुकाे विकल्प नरहेकाे प्रष्टाए । “अमेरिकामा नेपालीभाषीहरू अल्पसंख्यामा छाै, अब यहाँकाे मुलधारकाे राजनीतिका लागि मित्र ह्रयारी भण्डारीले बाटाे खाेल्नु भएकाे छ, अरू साथीहरूलाइ पनि अगाडी बडाउनु पर्दछ, सानातिना मतान्तरलार्इ थाति राखेर भए पनि एक भएर जानु पर्दछ ।”
अमेरिकमा रहेका नेपालीहरूका संघ सस्था मध्ये अाफ्नाे सस्था सबै भन्दा ठूलाे र बृहत भएकाे दावी गर्दै सभापति विष्टले संस्थालार्इ हस्तक्षेप रहित रूपमा चलाउनु पर्नेमा जाेड दिए । ” अमेरिकामा सबै भन्दा धेरै सदस्य भएकाे सस्था हाे, २९ वटा शाखा र १८ हजार क्रियाशिल सदस्य छन् । यसलाइ व्यवस्तित गर्न अान्तरिकरूपमा साथीहरू बीचमा मात्र नभएर पार्टीबाट पनि हस्तक्षेप नगरि सुचारू रूपले सञ्चालन गर्नु पर्ने देखिन्छ ।”
समिति भित्र गुटगत खिचातानी चले पछि पछिल्लाे समय नेपाली काग्रेस केन्द्रिय कार्यलयले अर्काे सुचना नभए सम्मका लागि भन्दै जन सम्पर्क समितिकाे चुनाव स्थगित गर्न भन्दै पत्राचार गरेकाे थियाे ।
सभापति विष्टले अमेरिकामा रहेका सबै नेपालीलार्इ एक भएर जान अाग्रह गरि गरे पनि चियापानमा समितिकै अर्काे समुहका नेताहरू अनुपस्थित रहेका थिए । समितिका पूर्व संयाेजक बिष्णु सुवेदी, महासमिति सदस्य वेद खरेल चियापानमा देखिएन । महासचिव मुनिन्द्र नेम्वाङका अनुसार चियापानमा लगभग दुर्इ सय जनाकाे सहभागिता रहेकाे थियाे ।
हाल अमेरिका भ्रमणमा रहेका काग्रेसका नेता हरिबोल भट्टराई, कोरियाका लागी नेपाली राजुदत अर्जुन बहादुर सिंह, न्यु योर्क स्थिति नेपाली कन्सुलेटका प्रमुख पुष्प भट्टराई लगायत विभिन्न सस्थाका पदाधिकारी तथा प्रतिनिधि चियापानमा उपस्थित थिए ।
तस्वीर : सामाजिक सन्जाल









प्रतिक्रिया लेख्नुहोस्:-