अमेरिका । अमेरिकी सर्वोच्च अदालतले ट्रम्प प्रशासनको प्रथामिकतामा रहेको डाका कार्यक्रमलाई अन्त्य गर्ने पक्षमा फैसला गर्ने संकेत देखाएको छ ।
वासिंटन डिसीमा मंगलबार सुनुवाईको क्रममा सर्वोच्च अदालतका ९ न्यायाधिसमध्ये कम्तीमा ५ जना न्यायाधिसहरु ट्रम्प प्रशासनको पक्षमा उभिएपछि डाका कार्यक्रम खारेज हुने सम्भावना वढेर गएको हो ।
डाका कार्यक्रम अन्तर्गत हाल ७ लाख आप्रवासीहरू अमेरिकामा वैधानिकरुपमा लाभान्वित हुदै आएका छन । त्यसमा ६० नेपाली पनि रहेको वताएको छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधिस जोन रोबर्टसले डाका सुरुवाती देखि नै गैरकानुनीरुपमा आएको वताउदै त्यसको निम्ति आफूले पहिला नै संकेत दिएको वताए ।
बाल्यकालमा अमेरिका आएका बालबालिकाको निम्ति तत्कालिन अमेरिकी राष्ट्रपति बराक ओबामाले सन् २०१२ मा भिटो अर्थात विशेष अधिकार प्रयोग गर्दे डिफर्ड एक्सन फर चाइल्डउड अराइभल (डाका)कार्यक्रमको घोषणा गरेका थिए ।
ओवामा प्रशासनको उत्त नीतिभित्र बाल्यकालमा अमेरिका प्रवेश गरेका कागजपत्र विहीनहरुलाई अमेरिकामा वैधानिकरुपमा काम गर्न, वस्न एवं अध्ययन गर्नको निम्ति स्वतन्त्रता प्रदान गरेको थियो ।
नीतिमा १६ बर्ष उमेर नपुग्दै अमेरिकामा प्रवेश गरेका २००७ वा त्यस अगावै अमेरिकामा वसोवास गर्दे आएका सन् २०१२ को जुनसम्म ३१ बर्ष ननाघेको हुनुपर्ने प्रावाधान तोकिएको थियो ।
ट्रम्प प्रशासनले भने राष्ट्रपतिको पदभार सम्हाले देखि नै तत्कालिन राष्ट्रपति बराक ओवमाले डाका मार्फत धेरैअपराधिलाई संरक्षण गरेको तथा रैथाने अमेरिकीको रोजगार खोसेको आरोप लगाउदै सन २०१७ मा नै डाकालाई उल्टाउने प्रयास गरेका थिए । यद्यपि क्यालिफोर्नियाको तल्लो अदालतले डाकाकै पक्षमा फैसला सुनाउदै जोगाएका थियो ।
मंगलवारै अमेरिकी राष्ट्रति डोनाल्ड ट्रम्पले एक ट्वीट मार्फत डाकामा उत्पादमूलक यूवा भन्दा वढि अपराधिहरुभएको उल्लेख गरेका छन ।
अर्कोतीर ट्रम्प प्रशासनले कानुनी निचोडमा नपुग्दासम्मलाई डाकाको नया आवेदनलाई अस्विकार गर्ने जनाएको छ भने डाकाको आवेदन शुल्कमा समेत वृद्धि गरेको छ ।
तर यदि सर्वोच्च अदालतले डाका कार्यक्रम अन्त्य गर्ने ट्रम्प प्रशासनको निर्णय सदर गरेमा डाका अन्तर्गत रहेका झण्डै ७ लाख आप्रवासीहरु कागजपत्रविहिनहरु सरह हुनेछन् । अमेरिकी सरकारले उनीहरुलाई कुनै पनि वेला देश निकाला गर्न सक्नेछ । ट्रम्प प्रशासनले भने आफ्नो महत्वपुर्ण विजयीरुपमा लिनेछ ।
यद्यपि डाकाको अन्तिम फैसला भने सन २०२० फेव्रुअरि पछिको कुनै पनि महिनाममा हुनसक्ने जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-