Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा एसियन पूरुषहरुको आम्दानी सबैभन्दा धेरै

कार्तिक ३०, २०७६ ५:४० मा प्रकाशित
अमेरिकामा एसियन पूरुषहरुको आम्दानी सबैभन्दा धेरै
Share on FacebookShare on Twitter

बद्रि गौतम, दूरबिन नेपाल
कतिलाई लाग्ला अमेरिकामा सबै भन्दा धेरै आम्दानी स्वेत अमेरिकन तथा गोरा वर्णका पूरुष तथा महिलाहरुको हुन्छ । गोरो छाला हुंदैमा तथा स्वेत अमेरिकन हुंदैमा उनीहरुको आम्दानी पनि उच्च नै हुन्छ भन्ने मानसिकता केहीको हुन सक्ला । तर यथार्थ भने अलि फरक छ । किनकी विभिन्न तथ्यांकले अमेरिकामा बस्ने स्वेत वा अश्वेत भन्दा एसियन मुलका मानिसहरुको आम्दानी उच्च रहेको देखाउछन । विभिन्न वर्ग तथा लिंगको आधारमा वर्ल्ड एटलसले गरेको अनुसन्धानबाट एसियन मुलका मानिसहरुको साप्ताहिक आम्दानी अन्य वर्गको भन्दा धेरै देखिएको हो । वर्ल्ड एटललसले सन १९९४ देखि विश्वका विभिन्न भौगोलिक अवस्था, जाती, धर्म तथा लिंगका आधारमा अनुसन्धान गरि प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । रिपोर्टका अनुसार अमेरिकामा सबैभन्दा धेरै एसियन पूरुषहरुले कमाउंछन भनिएको छ । जस अनुसार अमेरिकामा रहेका एसियन पुरुषले हप्तामा औषतमा एक हजार ८० अमेरिकी डलर आम्दानी गर्छन । उनीहरुको तुलनामा स्वेत अमेरिकी पुरुषहरुको साप्ताहिक आम्दानी औषत आठ सय ९७ अमेरिकी डलर रहेको छ । एसियन मुलका पुरुषहरुको आम्दानी कसरी धेरै भयो भन्ने सवालमा, कामदार मुल्य धेरै हुने राज्यहरुमा एसियन मुलका परुषको बसोबास अत्यधिक भएकोलेपनि आम्दानी धेरै देखिएको अनुमान रिपोर्टमा गरिएको छ । एसियन मुलका पूरुषहरुको आम्दानी धेरै हुनुको अर्को कारणमा शिक्षालाई मानिएको छ । रिपोर्टका अनुसार एसियन मुलका मानिसहरु उच्च शिक्षा हासिल गर्ने र पढे अनुसारको जागिर पाउने तथा तलवपनि धेरै भएकोले तुलनात्मक रुपमा आम्दानी धेरै देखिएको हो । तर साप्ताहिक आम्दानी कम देखिएपनि स्वेत नागरिकहरु अमेरिकामा पहिलेदेखि बस्दै आएकाले पुख्र्यौली सम्पतिका कारण उनीहरु धनी हुन सक्ने रिपोर्टमा बताइएको छ ।


एसियन महिलापनि कम छैनन
अमेरिकामा बस्ने एसियन मुलका महिलाको आम्दानीपनि अन्य महादेशका महिलाको भन्दा धेरै रहेको रिपोर्टले उल्लेख गरेको छ । स्वेत महिलाको तुलनामा एसियन महिलाको आम्दानी एक सय अमेरिकी डलरभन्दा धेरै छ । रिपोर्टका अनुसार एसियन महिलाको साप्ताहिक आम्दानी आठ सय ४१ हुंदा स्वेत महिलाले हप्तामा सात सय ३४ डलर कमाउंछन । एसियन र स्वेत महिलाहरु कार्यालय तथा व्यवस्थापकीय जिम्मेवारीमा रहने तर एसियन महिलाको शैक्षिक स्तर उच्च रहेको कारणपनि आम्दानी उच्च देखिएको अनुमान गरिएको छ ।

एसियन र स्वेत पुरुषपछि अफ्रिकन अमेरिकनको आम्दानी धेरै
अफ्रिकन अमेरिकन पुरुषहरुको आम्दानी स्वेत र एसियन पूरुषपछि सबैभन्दा धेरै देखिएको छ । यद्यपि स्वेत र एसियन महिलाको साप्ताहिक आम्दानीभन्दा कम छ । अफ्रिकन अमेरिकनले हप्तामा ६ सय ८० डलर कमाउछन । उनीहरुको तुलनामा नेटीभ हवाइयन । प्यासिफीक आइल्याण्डर पूरुषले ६ सय ३२ डलर हप्तामा कमाउछन । उनीहरुको तुलनामा नेटिभ अमेरिकन तथा अलास्कन पूरुषले ६ सय २३ र हिस्पानिक पूरुषले ६ सय १६ डलर कमाइ गर्छन । यिनीहरुको आम्दानी कम हुनुमा शैक्षिक स्तरलाई मानिएको छ । अर्को तर्फ हिंशात्मक तथा पारिवारिक विखण्डनका कारण उच्च शिक्षामा पहुंच नभएकाले यिनीहरुको आम्दानी कम देखिएको प्रतिवेदनमा उल्लेख छ ।

अन्य महिलाको आम्दानीपनि पूरुषको भन्दा कम
अमेरिकामा रहेका अन्य समुदाय र वर्णका महिलाहरुको आम्दानीका बारेमा पनि वर्ल्ड एटलसले रिपोर्टमा उल्लेख गरेको छ । अमेरिकामा रहेका स्वेत र एसियन महिलाको तुलनामा अफ्रिकन अमेरिकन लगायत अन्य महिलाको आम्दानी कम छ । उनीहरुको आम्दानीको औषतपनि पूरुषहरुसंग लगभग मिल्दो जुल्दो छ । अफ्रिकन अमेरिकन महिलाले हप्तामा ६ सय ११ डलर कमाउछन । उनीहरुको तुलनामा नेटीभ हवाइयन र प्यासिफीक आइल्याण्डर्स महिलाको आम्दानी ५० डलर भन्दा कम छ । उनीहरुको साप्ताहिक आम्दानी ५ सय ५६ भनिएको छ । तर हिस्पानिक महिलाको आम्दानी नेटिभ अमेरिकन र अलास्कान महिलाको भन्दा केही धेरै देखिएको छ । हिस्पानीकले हप्तामा ५ सय ४८ डलर आम्दानी गर्दा नेटिभ अमेरिकन र अलास्कान महिलाको कमाइ ५ सय २९ डलर रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आम्दानीमा विविधता हुनुको कारण शैक्षिक र पारिवारिक मानिएको छ । अर्को तर्फ महिला र पूरुषको आम्दानीमा यति धेरै अन्तर हुनुमा लैंगिक विविधतापनि अर्को कारण हो । यद्यपि अमेरिकामा लैंगिक विभेद गैर कानुनी हो, तर काम गर्ने तथा तलव दिने सवालमा पूरुषहरुलाई नै प्राथमिकतामा राखिने भएकाले आम्दानीमा अन्तर देखिएको हो । कतिपय अवस्थामा बसाई जागिरको प्रकृति र पारिवारिक कारणले पनि आम्दानीमा उतार चढाव देखिएको अनुमानपनि रिपोर्टमा गरिएको छ । विश्वका ७० प्रतिशत मुलुकका नागरिकको आम्दानी अमेरिकीहरुको आम्दानी भन्दा धेरै समान भएको पनि रिपोर्टले दावी गरेको छ । यद्यपि पुंजीवाद र खुल्ला अर्थव्यवस्था भएको अमेरिकामा आम्दानीमा हुने विविधतालाई खासै मुद्वा बनाइएको पाइदैन ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result