काठमाडौं । टि–२० शृङ्खलाअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा हङकङसँग नेपालले पराजित ब्यहोरेको छ ।
हङकङ क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको हो । नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले नौ ओभरमै एक विकेट गुमाउँदै पूरा गर्यो । यस हारसँगै नेपालको फाइन खेल्ने सपना समाप्त भएको छ ।
नेपाललाई पराजित गरेसँगै लगातार दुई जित निकालेको हङकङ भने प्रतियोगिताको फाइनलमा पुग्न सफल भयो । त्यस्तै समान दुई जित निकालेको तान्जानिया पनि फाइनलमा पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-