काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी उपनिर्वाचनमा आफ्नो पार्टी पहिलो हुने दाबी गरेका छन् ।
प्रतिनिधिसभा सदस्यमेत रहेका उनले आइतबार कीर्तिपुर नगरको प्रमुख पदका आफ्ना पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीको कुराकानीमा यस्तो दाबी गरेका हुन् ।
मतदाताले दिएको मतलाई कांग्रेसले सदैव सम्मान गर्ने भन्दै उनले अधिकांश स्थानमा कांग्रसकै जित हुने जिकिर गरे ।
उनले अहिलेको लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन र स्थानीय तहलाई जनमुखी बनाउन पनि कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-