Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

प्रकाशको स्मृतिमा शोकसभा

मंसिर ३, २०७५ १२:२८ मा प्रकाशित
प्रकाशको स्मृतिमा शोकसभा
Share on FacebookShare on Twitter

काठमाडौँ, ३ मङ्सिर / तत्कालीन नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का छोरा प्रकाश दाहालको प्रथम वार्षिक स्मृतिका अवसरमा आज उहाँको निवास खुमलटारमा स्मृतिसभा आयोजना गरिएको छ ।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष दाहाललगायत नेता र परिवार तथा शुभेच्छुकले दिवगङ्त प्रकाशप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । कार्यक्रममा प्रकाशको स्मृतिमा प्रज्ञा स्मृति प्रतिष्ठानद्वारा प्रकाशित स्मारिका ‘प्रकाश दाहाल’ को उपराष्ट्रपति नन्दबहादुर पुन र अध्यक्षद्वयले लोकार्पण गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रकाश मिलनसार र व्यावहारिक युवा भएको बताउँदै उहाँलाई महत्वपूर्ण व्यक्तिको सचिवालयको जिम्मेवारी लिएर त्यसलाई कुशलतापूर्वक व्यवस्थापन गर्न सक्ने युवा व्यक्तिका रुपमा स्मरण गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो,“ नेतासमक्ष विभिन्न मानिसका विभिन्न माग, आक्रोश सुनेर स्वकीय सचिवले त्यसको निरुपण पनि गरिदिनुपर्ने हुन्छ त्यस जिम्मेवारीलाई प्रकाशले कुशलतापूर्वक व्यवस्थापन गरेका थिए ।”
प्रधानमन्त्री ओलीले प्रकाशको असामयिक निधनले दाहाल परिवार, पार्टी र राष्ट्रलाई नै क्षति पुगेको उल्लेख गर्दै भन्नुभयो,“उमेर, अपेक्षा र समय बाँकी हुँदै भएको निधन धेरै पीडादायी हुन्छ । प्रकाशको निधन त्यस्तै भयो तर शोकको घडीमा पनि परिवारले गरेको धैर्य अनुकरणीय छ ।”

अध्यक्ष दाहालले आफ्नो परिवारमा परेको वियोगका समयमा जनता र कार्यकर्ताले दिएको सद्भाव र साथका कारण आफूहरुलाई शोकलाई शक्तिमा बदल्ने प्रेरणा मिलेको बताउनुभयो । छोरा एवं आफ्ना सचिवालयका सदस्य प्रकाशको सम्झनामा बोल्दा अध्यक्ष दाहालको गला अवरुद्ध भएको थियो भने आमा सीता दाहाल भक्कानिनुभएको थियो ।
नेता दाहालका छोरा प्रकाश र छोरी ज्ञानुको स्मृतिमा प्रतिष्ठान पनि गठन गरिने जनाइएको छ । गत वर्ष प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा अध्यक्ष ओली र दाहाल नेता ओलीको निर्वाचन क्षेत्र झापामा रहनुभएका बेला आजकै दिन प्रकाशको काठमाडौँमा हृदयाघातका कारण निधन भएको थियो । श्रद्धाञ्जलिसभामा सभामुख कृष्णबहादुर महरा, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द र बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, मन्त्रिगण, नेता मोहन वैद्य, महन्त ठाकुर, कमल थापालगायतले प्रकाशप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । स्मारिकामा प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल, सभामुख महरा, प्रकाशका श्रीमती एवं खानेपानी तथा सरसफाइमन्त्री बिना मगरलगायतका लेख स्मृति समेटिएका छन् । रासस

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result