दूरबिन नेपाल
भारत प्रशासित कश्मीरस्थित सियाचिन ग्लेशियरमा हिम पहिरो जांदा चार सिपाही र दुई भरियाको मृत्यु भएको भारतीय सेनालाई उद्धृत गर्दै बीबीसी इण्डियाले जनाएको छ । हिम पहिरोमा परी अत्यधिक चिसोले कठाङ्ग्रिएर उनीहरुको मृत्यु भएको भारतीय सेनाले जनाएको हो । आठजनाको टोलीले हिमशृङ्खलाको करिब १९ हजार फिट (५८०० मिटर) को उचाइमा गस्ती गरिरहेको बेला हिमपहिरो गएको थियो । सोही हिमपहिरोमा उनीहरु परेको जनाइएको छ । पहिरोमा परेकाहरूको खोजी गर्न सेनाले ठूलो अभियान चलाएको थियो । उद्धार गरिएका सबैलाई हेलिकोप्टरबाट नजिकको अस्पताल पुर्याइएको थियो। । सियाचिन क्षेत्र भारत र पाकिस्तानविचको युद्धग्रस्त क्षेत्र हो । सो क्षेत्रमा दुबै देशका सेनाले गस्ती गर्दै आएका छन । सो क्षेत्रको सार्वभौमिकतालाई लिएर भारत र पाकिस्तानविच विवाद कायमै छ । दुई मुलुकविच सो क्षेत्रबाट सेना हटाउने विषयमा कैयन वार्ता भएपनि सेनाको उपस्थिति हट्न सकेको छैन । सो क्षेत्र संसारकै उच्च भागमा रहेको युद्धक्षेत्रको रूपमापनि परिचित छ । सन् १९८४ मा भारतले ग्लेशियरमा नियन्त्रण जमाएको थियो । त्यसबेला देखिनै सो क्षेत्रमा दुई मुलुकविचको युद्धबाट भन्दापनि हिमपहिरोमा परेर बढी सैनिकको ज्यान गएको तथ्यांक छ । सन् २०१६ को फेब्रुअरि महिनामापनि सो क्षेत्रमा रहेको सैन्य आधारमा हिमपहिरो जाँदा १० भारतीय सेना मारिएका थिए । हिमपहिरो र भूस्खलन जाडो याममा त्यहाँ सामान्य जस्तै मानिन्छ । त्यहाँको तापक्रम माइनस ६० डिग्री सेल्सियस सम्म झर्ने गर्दछ ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया लेख्नुहोस्:-