काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले भोली मन्त्रिमण्डल पुनर्गठन हुने भन्दै मन्त्रिहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
मन्त्रिपरिदसको मंगलवारको बैठकमा प्रधानमन्त्री ओलीले बुधबार कुनै औपचारिक कार्यक्रम नराख्न पनि मन्त्रीहरुलाई सुझाव दिएको एक मन्त्रीले बताए।
पछिल्ला केही समय यता मन्त्रि मण्डल पुनर्गठनले व्यापक चर्चा पाएको थियो । को को मन्त्री फेरिने भन्नेमा भने केही बताईएको छैन । त्यसबारेमा प्रधानमन्त्रि ओली र नेकपाका अर्का पुष्पकमल दाहाल प्रचण्ड बीचको छलफल जारी रहेको जनाईएको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र कार्य सममीक्षाका आधारमा मन्त्री फेर्ने चर्चा भइरहे पनि टुंगो लागेको छैन। बुधबार बिहान ९ बजे नै नेपाल नेकपाको सचिवालय बैठक पनि बोलाइएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-