Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

 चौथो ग्लोबल नेपाली फिल्म अवार्ड २०१९ सान फ्रान्सिस्कोमा हुँदै 

मंसिर ४, २०७६ ५:४१ मा प्रकाशित
 चौथो  ग्लोबल नेपाली फिल्म अवार्ड २०१९ सान फ्रान्सिस्कोमा हुँदै 
Share on FacebookShare on Twitter

पवन पौडेल

    नेपाल र अमेरिका भरीकै नेपाली कलाकारहरू एकै ठाउँमा चौथो  ‘ग्लोबल  नेपाली फिल्म अवार्ड २०१९’ यसपटक अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा हुन गैरहेको छ । नोभेम्बर ३० तारिकका दिन चौथो ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’ हुनेछ । डिसेम्बर १ मा बिहान ठिक ११ बजे वाट नेपाल डे परेड र सोही दिन बेलुका क्रुज पार्टीको आयोजना हुँदैछ। 

‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा अमेरिकामा बसोबास गर्ने फिल्मकर्मी र नेपालबाट कलाकार, निर्माता तथा निर्देशकको उपस्थिति रहने हुनाले  नेपाली सिनेमा भिलेज टु ग्लोब’ नारा सहित नेपाली चलचित्रकर्मीलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड गर्दै आएको आयोजक सस्था मध्येका एक यज्ञलाल श्रेष्ठ बताउनुहुन्छ। 

यस कार्यक्रमलाई नेपाली फिल्मकर्मीलाई सम्मान, नेपाली फिल्मलाई अमेरिकी डायस्पोरामा प्रबर्द्धन, पुरस्कार र प्रोत्साहनका साथै विशुद्ध नेपाली फिल्मको बजार प्रबद्र्धन,, कलाकार पुनर्मिलनको अवसरको रुपमा पनि हेरिएको छ। हाल अवार्डको तयारी तीव्र रुपमा चलिरहेको र नेपालबाट आउने कलाकारहरूको सुनिश्चितता बढ्दै गइरहेको जानकारी पनि प्राप्त भएको छ ।

बर्कलीको युसी थिएटरमा चौथो ‘ग्लोबल नेपाली फिल्म अवार्ड -२०१९ पहिलो पटक हुन लागेको नेपाली कार्यक्रममा नेपालबाट सुप्रसिद्ध नायक नायिका निर्माताहरु तथा कलाकारहरूको बाक्लो उपस्थिति रहनेछ। नेपालबाट महानायक राजेश हमाल, शिव श्रेष्ठ, भुवन केशी, अनमोल केसी, बरिष्ठ कलाकार निर शाह, नायिका केकी अधिकारी, हास्यकलाकार सन्दिप छेत्री, शैलेन्द्र सिम्खडाले बरिष्ठ गायक शम्भुजित बासकोटा, गायिका अन्जु पन्त, कलाकार तथा निर्देशक दिपाश्री निरौलाको उपस्थिति सुनिश्चित भइसकेको छ । 

कार्यक्रममा भरपुर मनोरञ्जन सामाग्रीहरू हुनेछन, गायन, न्रित्य र कमेडी फिल्म अवार्डको मुख्य आकर्षण रहनेछन्। ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा अमेरिकामा बसोबास गर्ने नेपाली कलाकारहरूले आफ्नो प्रस्तुती दिनेछन्। ७०० सीट क्षमता भएको हलमा हुँदै गरेको कार्यक्रमको तीब्र तयारीको साथ साथै टिकट बिक्री बितरण पनि द्रुत गतिमा भइरहेको जानकारी प्राप्त भइरहेको छ। उक्त कार्यक्रमबाट हुन आएको मुनाफा बे एरियामा बन्ने सामुदायिक भवन केन्द्रलाई सहयोग गरिने घोषणा पनि आयोजक संस्थाहरूले बताएका छन । बे एरियाका सम्पूर्ण सङ्घसंस्थाहरू, सामाजिक अगुवा र अभियन्ताहरू, बे एरियाका सम्पूर्ण युवाहरू कार्यक्रम सफल बनाउन दिलोज्यानले लागिपरिरहेको पनि जानकारी प्राप्त भएको छ ।

‘ भिजिट नेपाल २०२०’ को पूर्वसन्ध्यामा नेपालमा अधिक मात्रामा पर्यटन भित्राउने अवार्ड र परेडको उद्देश्य रहेको आयोजक बताउँछन्‌। ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी युएसए, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकर एलएलसी युएसए यस कार्यक्रमको मुख्य आयोजक हुन भने हिमालयन फाउन्डेसन कोर्प र ८८४८ मिडिया हाउस एलएलसी सह आयोजक रहेका छन्। 

सम्बन्धित समाचार

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

राष्ट्रपति र प्रधानमन्त्रीलेबाटै खर्च कटौती सुरु गर्नुपर्छ : महामन्त्री थापा
Breaking News

सभापति थापालाई जनसम्पर्क समिति क्यालिफोनियाद्वारा बधाई !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result