काठमाडौं । नेपाली कांग्रेस महामन्त्रीसमेत रहेका काठमाडौं क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका गगनकुमार थापाले आफ्ना निकटतम प्रतिस्पर्धी राजन भट्टराईसँग मतान्तर बढाउँदै लगेका छन् ।
निर्वाचन आयोगका अनुसार थापाले ४ हजार ७२७ मत प्राप्त गर्दा नेकपा एमालेका राजन भट्टराईले ३ हजार ४९६ मत पाएका छन् । थापा र भट्टराई बीचको मतान्तर १२३१ छ । हालसम्मको गणनामा राप्रपाका ठाकुर मोहन श्रेष्ठले ६१०, स्वतन्त्र अर्जुनकुमार प्रसाईले ४८७ र हाम्रो नेपाली पार्टीका अर्चन शमशेर राणाले २४४ मत पाएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्:-