काठमाडौं । गोरखा–२ बाट प्रतिनिधिसभा दस्यका उम्मेदवार रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतान्तर बढाउँदै लगेका छन् ।
बिहानसम्म ८ हजार ५४० मत गणना हुँदा प्रचण्डले चार हजार ८३२ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले एक हजार ४२४ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेका छन् । प्रचण्डले बुर्लाकोटीभन्दा तीन हजार ४०८ मतले अगाडि छन् ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका अब्दुस मियाले ११७६ मत पाएका छन् । यो क्षेत्रबाट २०७४ सालमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई निर्वाचित भएका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-