काठमाडौं । निकै रोचक प्रतिस्पर्धा रहेको काठमाडौं निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । मंगलबार बिहानको मतपरिणाम अनुसार उनले आफ्ना प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रभन्दा १ सय २९ मत बढी ल्याएर जित हात पारेका हुन् ।
सिंहले ७ हजार १ सय ४० मत प्राप्त गरेका छन् भने मिश्रले ७ हजार ११ मत पाएका छन् । २०७४ सालको निर्वाचनमा पनि सिंहले निकटतम प्रतिस्पर्धी मिश्रलाई नै पराजित गरेका थिए । त्यतिबेला मतान्तर ८१८ रहेको थियो । मिश्र त्यसबेला विवेकशील साझाबाट उम्मेदवार बनेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-