काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले मतान्तर बढाउँदै लगेकी छिन् । । मंगलबार बिहानको नतिजा अनुसार उनले ३ हजार ८९६ मत पाएकी छिन् भने एमालेका उम्मेदवार अमृत खड्काले २ हजार ९ सय ५९ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी पम्फा भुसालले १ हजार ७९६ मत पाएकी छिन् ।
सुरुवाती चरणमा तोसिमा पछि परे पनि पछिल्लो समय उनी अरुभन्दा निकै अगाडि बढ्दै गएकी छिन् । निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरे पनि सर्वोच्च अदालतले त्यसलाई उल्टयाउँदै तोसिमाको उम्मेदवारी कायमै राखेको थियो । यसअघि यस निर्वाचन क्षेत्रबाट माओवादी केन्द्रकी नेतृ पम्फा निर्वाचित हुँदै आएकी थिइन् ।
प्रतिक्रिया लेख्नुहोस्:-