Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकी राज्यहरुलाई ट्रम्प प्रशासनको चेतावनी, आपराधिक आप्रवासीलाई संरक्षण नगर

मंसिर ७, २०७६ २:२३ मा प्रकाशित
अमेरिकी राज्यहरुलाई ट्रम्प प्रशासनको चेतावनी, आपराधिक आप्रवासीलाई संरक्षण नगर
Share on FacebookShare on Twitter

 

जाङबु शेर्पा, दूरबिन नेपाल
अमेरिकी गृह तथा आप्रवासन मन्त्रालयले विभिन्न राज्य तथा त्यहांका अदालतलाई अवैध आप्रवासीको पक्षपोषण नगर्न चेतावनी दिएको छ । विशेष गरी ओरिगन राज्य र सो स्थानको अदालतहरुलाई लक्षित गरी सो चेतावनी दिइएको हो । अमेरिकी कार्यवाहक गृहमन्त्री चाड वुल्फ र महान्यायाधीवक्ता बिल बारले संयुत्त विज्ञप्ति जारी गर्दे केही राज्य र त्यहाका अदालतले अवैधानिक र हिंशात्मक अपराधमा संलग्न आप्रवासीहरुलाई रिहा गरेर अमेरिकी समूदायमा जोखिम बढाएको दावी गर्दै अमेरिकी सरकारको निम्ति त्यो अस्विकार्य भएको उल्लेख गरिएको छ । यसअघि ओरिगन राज्यको सर्वोच्च अदालतले एक फैसला गर्दै आइसिइ र सिमा सुरक्षाबल लगायत अध्यागमन सम्बन्धि कुनै पनि निकायले ओरिगन राज्यभित्र कसैलाईपनि पक्राउ गर्न नपाउने निषेध जारी गरेको थियो । विज्ञप्तिमा ती राज्य र मुख्य न्यायाधीशहरुलाई समेत बार र वोल्फले परिपत्र जारी गर्दे अमेरिकी जनताको निम्ति सार्वजनिक सुरक्षा सबै भन्दा बढि सरोकार र चिन्ताको विषय भएको तर विभिन्न राज्यका सेन्चुरी शहरहरुमा अध्यागमन अधिकारीहरुलाई निषेध गर्ने कानुन र नीतिले समूदायलाई उच्च जोखिममा पारेको उल्लेख गरिएको छ । पत्रमा अदालतहरुलाई अध्यागमन कानुन गलत ढंगबाट व्याख्या नगर्न समेत आग्रह गरिएको छ । ओरिगन राज्यको सर्वोच्च अदालतले आइसीइ र सीमा सुरक्षा बल (सीबीपी) लाई अदालतको वारेन्ट बिना गैरकानुनी आप्रवासीहरुलाई पक्राउ गर्न प्रतिबन्ध लगाएपछि सो परिपत्र आएको हो । यसले ट्रप्प प्रशासन अवैधानिक आप्रवासीहरुको नीतिमा झनै कठोर बन्ने संकेत गरेको छ । बार र वोल्फले विभित्र अध्यागमन संरक्षित अर्थात सेन्चुरि सिटि घोषणा गरिएका शहरका कानुन र नीतिले अपराधिक गतीविधिमा संलग्न आप्रावासीहरुलाई संरक्षण गरेको बताउदै त्यस्तो कार्यले अपराधलाई प्रोत्साहन र राज्यको खर्च बढाइरहेको बताइएको छ । यस्तो नीतिले घरेलु हिंसा, बन्दुक अपराध, लागूपदार्थको अवैध कारोबार र सुरक्षा आदेशको उल्लंघन जस्ता गम्भीर र हिंसात्मक अपराधले प्रश्रय पाइरहेको परिपत्रमा उल्लेख गरिएको छ । तर अध्यागमन अधिकारकर्मीहरुले सेन्चुरी सिटि नीतिको समर्थन गर्दे ट्रम्प सरकारले आप्रावासीहरुलाई जर्वजस्ती अपराधी बनाउन खोजेको आरोप लगाएका छन । अध्यागमन विश्लेषकहरुले भने दुई उच्च विभाग प्रमुखहरूले पठाएको पत्र सेन्चुरी शहरहरू विरूद्ध ट्रम्प प्रशासनले गरेको एउटा नविनतम अभियानकोरुपमा व्याख्या गरेका छन । आईसीईका कार्यवाहक निर्देशक म्याट अल्बेंसले समेत पत्रकार सम्मेलनकै आयोजना गर्दे सेन्चुरि शहरका नीतिहरूका कारण गम्भिर प्रकृतिका अपराधीहरु समेत एकै दिनमा रिहा गरेको दावी गरिएको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result