काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। बुधबार साँझ सार्वजनिक अन्तिम मत परिणाम अनुसार शर्माले ३९ हजार ६२४ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३४९ मत पाए।
शर्माले १४ हजार २७५ मतान्तरले जितेका हुन्। यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार कार्की निर्वाचित भएका थिए। त्यसबेला पराजित भएका शर्मा तेस्रो प्रयासमा संसद यात्रामा निस्किन सफल भएका हुन्।







प्रतिक्रिया लेख्नुहोस्:-